• १९ पुस २०८१, शुक्रबार

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, पुस १६ गते । नयाँरोड–मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया शान्ति चोकमा सोमबार राति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । 

उखु बोकेर हरिवन चिनी मिलतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५, राजु चोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको हो । हरिन्द्रको एडभान्स सञ्जीवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–७, बस्ने ३८ वर्षीय वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।