• १४ पुस २०८२, सोमबार

चियाका बोट काँटछाँट गरिँदै

blog

इलामको माईजोगमाई–३ लप्सीबोटेका किसान राम काफ्ले चियाको ‘स्किपिङ’ गर्दै । तस्बिर : कोकिला ढकाल

इलाम समाचारदाता

इलाम, पुस १४ गते   । चिया किसान धमाधम चियाका बोट काँटछाँट गर्नेतर्फ लागेका छन् । पुसमा ‘कटिङ र स्पिकिङ’ गरिएको चियाको फागुनदेखि नयाँ मुना पलाउने गर्छ र त्यसलाई उच्च गुणस्तरको चियाका रूपमा लिइन्छ । तेस्रो मुलुकमा उच्च मूल्यमा निर्यात हुने अर्थोडक्स चियालाई किसानले बर्सेनि यही सिजनमा काँटछाँट गरेका छन् । इलामको माईजोगमाई गाउँपालिका–३ का किसान राम काफ्लेले भन्नुुभयो, “अहिले कटिङ, स्पिकिङ गरेर मल हालियो र अझ सिँचाइ गर्न पनि पाइयो भने फागुनदेखि नै चिया पलाउँछ र बेलैमा चिया टिप्न पाइन्छ । फागुन, चैत र वैशाखमा टिपिएको चियाको मूल्य पनि उच्च हुन्छ ।”

बर्सौदेखि अर्गानिक चिया उत्पादन गर्दै आएको इलामको जसबिरे चिया उद्योगले त आफ्ना किसानलाई भेला गरेर चियाको कटिङका लागि सचेतना कार्यव्रmम नै गर्ने गरेको छ । जसबिरे चिया उद्योगका सञ्चालक गृष्म सुुब्बाले चिया काट्नुुअघि चिया कति उचाइमा काट्ने, कसरी काट्ने, मल कति लगाउने, सिँचाइको व्यवस्था मिलाउनेलगायतका विषयमा किसानलाई बर्सेनि सचेत गराउँदै आएको बताउनुभयो । यस पटक पनि कटिङको समय भएकाले किसान भेलाको मिति तय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “चिया काट्नुुअघि र पहिलो टिपाइ टिप्नुुअघि एक पटक सचेतना गराउँदा उच्च गुणस्तरको चिया उत्पादन गर्न सकिँदो रहेछ । यसले चिया किसान र उद्योग दुवैलाई फाइदा भएको छ ।” जसबिरे चिया उद्योगमा त्यस आसपासका करिब अढाइ सय किसानले हरियो पत्ती बिव्रmी गर्ने गरेका छन् । अर्गानिक उत्पादन र विभिन्न गुणस्तरका फरक वास्ना र स्वादको तयारी चिया भएकाले गत सिजनको सबै जसो चिया निर्यात भइसकेको सुुब्बाले जानकारी दिनुुभयो । 

इलाम नगरपालिका–१, साँखेजुुङमा रहेको ग्रिन हिल चिया उद्योगले पनि आफ्ना किसानलाई चिया कटिङका बारेमा सुुझाउन थालेको छ । ग्रिन हिलका सञ्चालक टङ्क दाहाल भन्नुुहुन्छ, “अहिले चियाको बोट काँटछाँट गरियो फागुन÷चैतमा मुना पलाउँछ । त्यसबाट उच्च गुणस्तरको चिया बनाउन सकिन्छ । फस्टफ्लसको चियाको माग तेस्रो मुलुकमा अधिक हुन्छ ।” ग्रिन हिलले उत्पादन गरेकोे चिया रसिया, जर्मन, अमेरिकालगायतका देशमा निकासी हुँदै आएको छ । 

तर चियाखेती विस्तार भएका पूर्वी पहाडका जिल्लामा सिँचाइको भने अभाव नै रहेको छ । इलाम, पाँचथर, धनकुुटा, तेह्रथुमलगायतका जिल्लामा उच्च गुणस्तरको अर्थोडक्स चिया उत्पादन हुुने भए पनि चियाका लागि सिँचाइ लागि आकासे पानीकै भर पर्नुपर्ने बाध्यता छ । पहाडका अग्ला पाखामा चिया खेती विस्तार गरिएकाले सिँचाइको व्यवस्था भने हुन नसकेको जसबिरे चिया उद्योगका सञ्चालक सुुब्बा बताउनुुहुन्छ ।