• ११ वैशाख २०८२, बिहिबार

कूटनीतिक सम्बन्ध कमजोर रहेको दाबी

blog

काठमाडौँ, पुस १५ गते । छिमेकी देशसँगको कूटनीतिक सम्बन्ध कमजोर अवस्थामा रहेको विज्ञहरूले बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठानको आइतबार आयोजित वार्षिक साधारण सभामा पूर्वराजदूत तथा कूटनीतिज्ञहरूले वर्तमान अवस्था कमजोर रहेको चर्चा गरेका छन् ।

भारतका लागि नेपालका पूर्वराजदूत डा. जयराज आचार्यले भन्नुभयो, “कूटनीतिमा विश्वास लिन सकिन्छ तर विश्वास गर्न योग्य हुनुपर्‍यो । अहिलेको समस्या यही हो ।” आर्थिक विकासका लागि पर्यटन, जलस्रोत, कृषि, स्वास्थ्य र शिक्षामा जोड दिँदै डा. आचार्यले भन्नुभयो, “किसानले समयमा मल पाउँदैन । उखुको मूल्य पाउँदैन । दुधको पैसा पाउँदैन । यदि काम नगराउनु छ भने विभिन्न आयोग गठन गरिदिए पुग्यो ।”

नेपाली कांग्रेसका पूर्वनेता डा. टीका पोखरेलले भन्नुभयो, “नेपालमा सबै छ तर व्यवस्थापन छैन । संविधानमा सबै छ तर कार्यान्वयन गर्न सक्ने केही छैन ।” प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बिपीले विकासको आधारशिला कृषि भन्नुभएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “बिपीको समाजवाद गरिबलाई न्याय दिनु भन्ने थियो । प्रजातान्त्रिक बाटोबाट सबैलाई समृद्धिमा लैजाने उहाँको चिन्तन हो । समाजकेन्द्रित दर्शनलाई उहाँले समाजवाद भन्नुहुन्थ्यो ।”