संविधानसभा अध्यक्ष नेम्बाङद्वारा मतदान
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देशमा आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।
एमाले नेता एवं पूर्व मन्त्री हिक्मत कार्कीद्वारा मतदान
विष्णुप्रसाद पोखरेलदमक, मङ्सिर ४ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मतदान गर्नुभएको छ । झापाको क्षेत्र नं. ५ (१) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार रहनुभएका उहाँले गौरादह ३ सूर्योदय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
सुनिल थापाले गर्नुभयो मतदान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनकुटाबाट प्रतिनिधि सभा सदस्य उमेद्वार सुनिल बहादुर थापाले धनकुटाको राम माबि मुगाबाट मतदान गर्नु भएको छ ।
प्रदेश १ मा मतदाताको उत्साहजनक उपस्थिति
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश १ का मतदान केन्द्रहरुमा आइतबार बिहान ७ बजेबाट मतदान प्रारम्भ भएको छ । सबै मतदान केन्द्रमा साँझ ५ बजेसम्म मतदान जारी रहने छ ।
आर्थिक समस्याको समाधानका लागि निर्वाचनकै आशा
झापा, दमकका सुनचाँदी व्यवसायी काशी खातीलाई अहिलेको आर्थिक सङ्कटबाट कसरी मुक्ति पाउने भन्नेमा चिन्ता छ। बैङ्कको ब्याज बुझाउनेदेखि ऋण र सापटी तिर्न पनि समस्या भइरहेको छ। निर्वाचनको समयमा बैङ्क तथा वित्तीय संस्थामा पैसा आउने र तरलताको समस्या समाधान हुने अनुमान उहाँको थियो, तर त्यस्तो भएन।
धनकुटामा निर्वाचनको तयारी
धनकुटामा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पाँचथरमा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी
पाँचथर जिल्लाका पाँचजना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।
खोटाङमा एक मतदान स्थलका सबै कर्मचारी महिला
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि खोटाङको एक मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी सबै महिला नै रहेका हुन् ।
नेपाली मजदुर मतदानका लागि स्वदेश प्रवेश
निर्वाचनमा अवाञ्छित गतिविधि रोक्नका लागि शुक्रबारदेखि सीमा बन्द गरिए पनि भारतमा कामको सिलसिलामा गएका तथा मजदुरी गरेर मत हाल्न आएकाहरुलाई स्थानीय प्रशासनको सक्रियतामा नेपाल भित्रनका लागि आवश्यक सहयोग र सहजीकरण भइरहेको पाइएको छ ।
सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत
सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज (शनिबार) बिहान सुतेकै ठाउँमा मृत भेटिनुभएको हो ।
झापामा निर्वाचनको सबै तयारी पूरा
झापामा निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको काम पूरा भएको बताइएको छ । सबै मतदानस्थलमा मतदान अधिकृतसहितको टोली पुगेर आफ्नो काम सुरु गरेका छन् ।
झापा सदरमुकाममा बमजस्तो वस्तु, सेनाद्वारा डिस्पोज
झापा सदरमुकाम चन्द्रगढीको वीरेन्द्र नमुना माध्यमिक विद्यालयको मतदानस्थल नजिकै अज्ञात समूहले बमजस्तो देखिने वस्तु राखेर आतङ्कित पारेको छ । खतरा लेखेर राखिएको उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाले शनिबार बिहान ७ बजे नष्ट गरेको थियो ।
चुनावको तयारी अन्तिम चरणमा
खोटाङमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभएको छ। मतदान स्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री लिएर बिहीबार पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचारप्रसार र शान्ति भङ्ग गर्न निषेध सम्बन्धी सूचना टाँसेका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलको ‘ख’ मतदान केन्द्रका सहायक मतदान अधिकृत इरन राईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर आचारसंहिता निर्माण गर्ने कार्य भएको छ। यस्तै मतदान स्थलमा प्रवेशद्वार निर्माण र कर्मचारी परिचयपत्र बनाउने काम भएको उहाँले बताउनुभयो।
मतदान अधिकृत मृत भेटिए
सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।
मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा
मतदान गर्ने मिति नजिकिँदै गर्दा पाँचथरमा मतगणनास्थलको व्यवस्थापन गर्नेकाम सकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने र गणनास्थल रहेको फिदिमस्थित जिल्ला समन्वय समिति अगाडिको कर्भड हल रहेको क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउने काम सम्पन्न गरेको हो।
गाउँमा एकैसाथ ११ वटा हात्ती छिरेपछि त्रास
केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ । दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा ११ वटाको सङ्ख्यामा रहेका हात्तीहरूका कारण त्रास पैदा भएको छ ।
ताप्लेजुङमा वैज्ञानिक समाजवादी पार्टी माओवादीमा समाहित
ताप्लेजुङमा विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ।
जिल्लाका सबै मतदान केन्द्रमा सामग्री पुग्यो
पाँचथरमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यहाँका १ सय ७७ वटै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित पुगेका कर्मचारीले मतदानस्थलको व्यवस्थापनसँग आवश्यक तयारी थालेका छन्।
ताप्लेजुङमा १५ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा १५ जना महिलाले मतदान अधिकृतको जिम्मेवारी पाउनुभएको छ। जिल्लाका विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा महिलाले जिम्मेवारी पाउनुभएको हो।
उत्साहका साथ मत हाल्न अध्यक्ष ओलीकाे आग्रह
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकार निर्माणका लागि आफूहरुले जनतासँग मत मागेको बताउनुभएको छ । उहाँले मतदाताहरुलाई उत्साहका साथ मत हाल्न आग्रह गर्दै यस्तो बताउनुभएको हो ।
निर्वाचन नजिकिएसँगै सवारी जाँचमा कडाइ
झापाको दमकसहित आसपासको क्षेत्रमा सवारी जाँचलाई प्रहरीले कडाइ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधन जाँचलाई तीव्रता दिएको हो ।
भोजपुरका गठबन्धन उम्मेदवार जिताए मन्त्री पक्का : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन दलको तर्फबाट भोजपुरको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराँती, प्रदेशमा राजेन्द्रकुमार राई र विनोद वान्ततालाई निर्वाचनमा जिताए सङ्घ तथा प्रदेशमा मन्त्री बनाउने आश्वासन दिनुभएको छ।
निर्वाचनपछि एमाले नेतृत्वमा सरकार : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभएको छ ।
स्थायित्व र विकासका लागि गठबन्धनको जित अनिवार्य छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्थायित्व र विकासका लागि गठबन्धनको जित अनिवार्य भएको बताउनुभएको छ।