अलपत्र आयोजना अघि बढाउन निर्देशन
जिल्लामा वर्षौदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजनालाई अघि बढाउन सङ्घीय सांसद रामहरि खतिवडाले निर्देशन दिनुभएको छ । ठेक्का पारेर लामो समय आयोजना अलपत्र छाड्ने निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम अघि बढाउन सांसद खतिवडाले निर्देशन दिनुभएको हो ।
अमर नेम्वाङ स्मृति स्रष्टा सम्मान मुकारुङ र ओझालाई
स्वर्गीय अमर नेम्वाङ (लिम्बू) स्मृति पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत हुनुभएको छ।
फुङ्लिङका बुहारीहरूलाई कम्प्युटर शिक्षा
ताप्लेजुङमा आदिवासी जनजाति समुदायका बुहारी (विवाहित महिला) लाई कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –५ ले वडाभित्रका बुहारीलाई कम्प्युटर शिक्षा प्रदान गर्न थालेको हो ।
पाथिभरा मन्दिरको स्वामित्व रोङ गाउँपालिकामा
इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ ।
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन ।
छ कार्यालय प्रमुखको सरुवा एकसाथ
ताप्लेजुङमा चार सुरक्षा अधिकारीसहित छ जना कार्यालय प्रमुखको एक साथ सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीसहित जिल्लाबाट नेपाली सेनाका प्रमुख, प्रहरी प्रमुखलगायतको सरुवा भएको हो ।
किमाथाङका नाका खुल्लाको माग गर्दै ज्ञापन पत्र
कोरोना महामारीसँगै बन्द रहेको किमाथाङका नाका आन्तरिक प्रयोजनका लागि खुलाई दिन सहजीकरणको माग गर्दै सीमावासीहरूले सरकारसँग माग गरेका छन् ।
प्रेमको परिवारलाई पचास लाख भुक्तानी
सन नेपाल लाइफ इन्स्योरेन्सले इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५० लाख हस्तान्तरण गरेको छ। कम्पनीको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको हो। बिर्तामोड शाखाका प्रमुख विकास श्रेष्ठका अनुसार कम्पनीले मृतकको घरमै पुगी मृतककी श्रीमती नानुका अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपियाँको चेक हस्तान्तरण गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनुभएका आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’को सर्त बमोजिम १४ दिनमै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ।
सनाखतमा जनप्रतिनिधि बस्न नपाउने
ताप्लेजुङमा तीनपुस्ते नातेदार नखुल्ने जनप्रतिनिधिले नागरिकताको सनाखतमा बस्न नपाउने भएका छन्। जिल्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्।
छब्बीस करोड लगानीमा व्यावसायिक खेती
मोरङको रङ्गेली नगरपालिका–१, गोहीगाढामा नौ जना किसानले ३५ बिघामा व्यावसायिक कृषि सुरु गरेका छन् । २०७७ चैतमा जय श्रीराम एग्रो फार्म प्रालि दर्ता गरी सुरु गरिएको यो फार्ममा २६ करोड रुपियाँ लगानी भइसकेको छ, जसमध्ये तीन करोड रुपियाँ पूर्वाधारमा खर्च भइसकेको छ ।
योगमायाले गरेको विद्रोह विश्वका लागि साहसिक छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ।
पाथिभरा याङवरक र मिक्लाजुङ विजयी
पाँचथरको फिदिम नगरपालिका ६ सिवामा जारी तेस्रो आमन्त्रित पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता अन्तरगत तेस्रो दिनको खेलमा पाथिभरा याङवरक गाउँपालिका (ताप्लेजुङ) र मिक्लाजुङ गाउँपालिका पाँचथर विजयी भएका छन्।
धरानमा पाँचौँ प्रदेश स्तरीय पुष्प मेला सुरु
“घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाउन् प्रदेश हराभरा” नाराका साथ प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ ।
मोलुङ हाइड्रोको आइपिओ बाँडफाँट
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीको लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपियाँ अङ्कित दरको आठ लाख दुई हजार ५०० कित्ता शेयर आयोजना प्रभावित ओखलढुङ्गा जिल्लाका तीन वटा स्थानीय तहका लागि पुस १९ देखि माघ १५ गते सम्म विक्री गरेको थियो ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत वैदेशिक रोजगारका कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रपति भण्डारी भोजपुरमा
राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो ।
‘थुम्केरानी’ महोत्सवमा स्थानीय परिकारको आकर्षण
थुम्केरानीका तारा चौहानले पर्यटन महोत्सव सुरु भएदेखि नै पर्यटकलाई स्थानीय खानाका स्वाद चखाउनमा व्यस्त हुनुहुन्छ ।
बालिका छात्रवृत्ति अभियान : ३४ जनालाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान
मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले ३४ जना बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको हो ।
नयाँ बजारमा २१ फिट अग्लो गणेशको प्रतिमा निर्माण
इलामको माइजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँ बजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा निर्माण गरिएको छ । २१ फिट अग्लो प्रतिमा दुर्गा मन्दिरको प्राङ्गणमा निर्माण गरिएको हो ।
प्रदेशको नाम टुङ्गो लाग्ने विश्वास
प्रदेश १ का प्रदेशप्रमुख पर्शुराम खापुङले प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रदेशको नामकरण टुङ्गो यही कार्यकालमा लाग्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रदेश सभा बैठकलाई पहिलो पटक सम्बोधन गर्दै मङ्गलबार उहाँले नामकरणको विषयमा आमचासो रहेको बताउनुभएको थियो। उहाँले भन्नुभयो, “अत्यधिक जनचासो र जनअपेक्षाको विषय नामकरण रहेको हुँदा उच्च प्राथमिकतामा राख्न यो प्रदेश सभा सक्षम हुने विश्वास व्यक्त गर्दछु।”
पालिकाका केन्द्रसम्म अझै छैन यातायात पहुँच
प्रदेश १ का चारवटा पालिकाका केन्द्र अझैसम्म पनि यातायातको पहुँचमा छैनन्। सङ्घीय तथा प्रदेश सरकारले देशका सबै स्थानमा यातायातको सुविधा पु-याउने योजनाहरू वर्षैपिच्छे सार्वजनिक गरिरहदा प्रदेश १ मै सडक पहुँचको अभाव देखिएको छ। सडक सञ्जाल विस्तारका योजनाहरू निर्माण त हुन्छन् तर त्यस्ता योजनाहरू दूरदराजका दुर्गम स्थानसम्म पुग्नै नपाउने गरेको पाइन्छ।
नागरिकताको सनाखतमा जनप्रतिनिधि बस्न नपाउने
जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्।
बोक्सीको आरोप लगाउनेलाई छ वर्ष कैद सजायको फैसला
ओखलढुङ्गा जिल्ला अदालतले बोक्सी आरोप लगाउने तीनजनालाई कैद सजायको फैसला गरेको छ ।
सडकमा जिउँदा कुखुरा र अण्डा फ्याकेर प्रदर्शन
झापाका केही कुखुरापालक तथा अण्डा उत्पादक किसानले स्वतःस्फूर्त रूपमा बिर्तामोडको मुक्तिचोकमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् ।