• ९ जेठ २०८१, बुधबार

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

blog

लीलाराज खड्का
बिर्तामोड, जेठ ११ गते ।
पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका धरमपुर सडकखण्डमा बुधबार बिहान साढे ७ बजे यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको को १ ख ७१८७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार मोरङ पथरी शनिश्चरे ८ का २६ वर्षीय प्रहरी जवान प्रकाश राई र भर्खरै म्यादी प्रहरीबाट बिदा भै घर जाँदै गरेका भोजपुर षडानन्द नगरपालिकाका २६ वर्षीय जितुहाङ राईको मृत्यु भएको हो । गाडीको ठक्करबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी झापाले जनाएको छ । 

ठक्कर दिने चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।