शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                कोकिला भण्डारी 
धनकुटा, जेठ १० गते । जिल्लामा रहेका सात स्थानीय तहमा एक महिनामा ११ जनाले आत्महत्या गरेका छन् । 
२०७९ वैशाख महिनामा ज्यान सम्बन्धी १६ वटा घटना घटेकोमा ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यल धनकुटाले जनाएको छ ।
आत्महत्या गर्नेमा १५ देखि २५ वर्ष समूहका सात जना, ४५ वर्षको एक जना, ५० देखि ५५ वर्ष उमेर समूहका दुई जना, ८२ वर्षीय एक जनाले गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाको सञ्चार शाखाले जानकारी दिएको छ । लडेर दुईजना, डुबेर एकजना, सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सरसर्ती हेर्दा १५ देखि २५ वर्ष समूहका नागरिकहरुको आत्महत्या बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाको तथ्याङ्कले देखाउँछ । 
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...