यी हुन पाँचथरवासीले उम्मेदवारसँग गरेका मागहरू
जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।
इलाममा निर्वाचन सुरक्षा तयारी पुरा
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलाममा सुरक्षा तयारी पुरा भएको छ । जिल्लामा एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।
मोरङको घरदैलो कार्यक्रममा सक्रिय थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रेखा थापाको घरदैलो अभियान सक्रिय हुनुहुन्छ।
चुनावी चटारोबीच पार्टीमा कार्यकर्ता भित्र्याउने होडबाजी
ओखलढुङ्गामा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् । दलहरूलाई चुनावी चटारोसँगै अन्य दलका कार्यकर्ता आफ्नो दलमा भित्र्याउने होडबाजी देखिएको छ ।
प्रादेशिक सरुवा रोग अस्पताल : शिलान्यास भयो, निर्माण भएन
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले ठूलो तामझामका साथ मोरङको सुन्दरहरैचा–११ कर्जुनामा शिलान्यास गर्नुभएको प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पतालको अलपत्र परेको छ ।
पुलबाट खोलामा झर्दा साइकलयात्रीको मृत्यु
झापाको मेचीनगरमा साइकल दुर्घटनामा परेर एकजना व्यक्तिको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय काकड्भिट्टाका अनुसार साइकलमा सवार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ बस्ने ४५ वर्षीय होमबहादुर पोखरेलको पुलबाट झरेर मृत्यु भएको हो ।
धान भित्र्याउने चटारो
निर्वाचनको चहलपहल भइरहँदा सोलुखुम्बुका किसानलाई खेतमा पाकेको धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ । यस जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली, देउसालगायतका स्थानका किसानलाई धान थन्क्याउने चटारो भएको हो । सिँचाइको सुविधा भएको, रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादन सन्तोषजनक भएको अनुमान गरिएको छ ।
धनकुटामा कृषि प्रदर्शनी
धनकुटाको डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । शनिवार साँगुरी गढी गाउँपालिका–६ स्थित डाँडा बजारमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो ।
पच्चीस प्रतिशत आयात निर्यात प्रभावित
गत पुस २२ गते भारतको मिरगञ्जस्थित प्रमाणा नदीको पुल भासिएर सवारीसाधन आवतजावत रोकियो । त्यसपछि विराटनगरको भन्सार नाकाबाट आवातजावत गर्ने मालवाहक सवारीसाधन लामो दूरी पार गरेर नेपाल भित्रिनुपर्ने बाध्यता सिर्जना भयो । १० महिना बितिसक्दा पनि यो समस्या समाधान हुन सकेको छैन ।
स्थानीयले गरे सडक अवरोध
जिल्ला अस्पताल दोर्पा दुम्ली सडक खण्डअन्तर्गत थर्पुचोकस्थित सडकको बीचमा बार लगाएर शनिबार स्थानीयले सडक बन्द गरेका छन्। बीच सडकमा ढल फुट्दा सवारीसाधन आवतजावतसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन्।
विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजय सुनिश्चित गराए : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजय सुनिश्चित गराएको बताउनु भएको छ ।
झापा ३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताउनुभएको छ।
पाँचथरका चार स्थानीय तहमा नमुना मतदान
पाँचथरका विभिन्न चारवटा स्थानीय तहमा नमुना मतदान गरिएको छ । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बदर मत घटाउनका साथै मतदान प्रकृयाबारे आम नागरिकलाई जानकारी गराउन नमूना मतदान गरिएको हो ।
लघुकथा ‘बाको फोटो’ लोकार्पण
सुनसरीको इटहरी उपमहानगरपालिकामा लघुकथा सङ्ग्रह ‘बाको फोटो’ लोकार्पण भएको छ । लघुकथाकार निरज कोइरालाले लेख्नुभएको सो सङ्ग्रह प्रा.डा. टङ्क न्यौपानेले लोकार्पण गर्नुभएको हो ।
निर्वाचनले नछोएको शरणार्थी बस्ती
मोरङको पथरीशनिश्चरे–१० मा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ सय घर धुरीको एउटा सानो बस्ती छ। नजिकै जोडिएको बस्तीसँग भाषा, धर्म, संस्कार, संस्कृति र रीतिरिवाज मिले पनि उनीहरूलाई सङ्घीय गणतान्त्रिक मुलुकको चुनावले कहिल्यै छुँदैन। २०४८ यता उनीहरूले धेरैवटा चुनाव देखे। छेउको बस्तीका मानिसहरू विभिन्न दलका झण्डा बोकेर हिडेको देख्दा उनीहरूलाई पनि त्यही हुलमा मिसिन मन लाग्थ्यो। शरणार्थी भएका कारण उनीहरूले आजसम्म मताधिकार के हो भन्ने बुझेका छैनन्।
कार्यस्थलमा हिंसा र दुर्व्यवहार रोक्ने प्रतिबद्धता
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका प्रतिष्ठानले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग प्रतिष्ठानभित्र हुन सक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औद्योगिक क्षेत्रका ठूला उद्योग प्रतिष्ठान, व्यावसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका सञ्चालक र माथिल्लो तहका कर्मचारीले कार्यस्थलको हिंसा र दुव्र्यवहार रोक्ने प्रतिबद्धता जनाएका हुन्।
मतदातालाई विगत सम्झाउनुहुँदै नेता नेम्वाङ
‘२०५६ सालमा मैले चुनाव जित्दै गर्दा यो पश्चिमी क्षेत्रमा बिजुलीको एउटा बल्ब झुन्डिएको थिएन । एक लाइन टेलिफोन सेवा यो क्षेत्रमा थिएन । अहिले हेर्नुहोस् यो क्षेत्र कस्तो भएको छ’ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई विगत सम्झाउनु भयो ।
पाँचथरका म्यादी प्रहरीलाई योग प्रशिक्षण
पाँचथरमा म्यादी प्रहरीलाई योग प्रशिक्षण दिइएको छ । फिदिमस्थित कर्भड हलमा १ सय १० जना म्यादी प्रहरीलाई योग प्रशिक्षण दिइएको हो ।
धरानको समस्या समाधान गर्न एमाले सरकार आवश्यक : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानीसहित अन्य समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ । समस्या समाधानमा एमाले सक्षम रहेको उहाँको भनाइ छ ।
गठबन्धन निरन्तर टिकाएर जान्छौं : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु गठबन्धन निरन्तर टिकाएर लैजाने पक्षमा रहेको बताउनु भएको छ। उहाँले सबै एकै ठाँउमा र एउटै दलमा आउन नसक्ने अवस्था भएकाले गठबन्धन आवश्यक भएको प्रष्ट पार्नुभयो।
दुर्गम क्षेत्रका सात विद्यार्थीलाई छात्रवृत्ति प्रदान
ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । हाल उच्च शिक्षा अध्ययनरत दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल छात्रवृत्ति प्रदान गरिएको हो ।
आज १३८ औँ फाल्गुनन्द दिवस, प्रदेश १ मा सार्वजनिक बिदा
कात्तिक २५ गते नेपालका १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३८ औँ जन्म जयन्ती हो । प्रदेश एक सरकारले आज दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको छ ।
सामाजिक सुरक्षा कोष : पौने चार लाख लाभग्राही आबद्ध
हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिनुभयो।
अत्यधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा आफूलाई अत्यधिक मतले विजयी गराउनका लागि मतदाता समक्ष आग्रह गर्नुभएको छ।