• २१ माघ २०७९, शनिबार

यातायात कार्यालय धनकुटाका प्रमुखलाई मोसो दलेर दुर्व्यवहार

blog

कविराज घिमिरे

हिले, माघ १२ गते । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन्। घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। 

कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ। मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपित फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताउनुभयो। मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको उहाँले जानकारी दिनुभयो।