• १७ चैत २०८२, मङ्गलबार

कालीगण्डकीमा प्रहरीबाट फरार भएका युवक बेपत्ता

blog

प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको तालिमप्राप्त टोली कालीगण्डकीमा विशाल विकको खोजि गर्दै। तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ, चैत १७ गते ।
पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक प्रहरीको चेकजाँचको क्रममा कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन कुमार पट्टेलका अनुसार, सोमबार साँझ ७ बजे पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गाको अस्थायी प्रहरी पोष्टमा नियमित जाँचका क्रममा विक भागेर कालीगण्डकीमा हाम फाल्नुभएको थियो।

विक बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क५२४४ नम्बरको ट्रकमा सवार हुनुहुन्थ्यो। प्रहरीले जाँच सुरु गर्दा उहाँ भाग्नुभएको हो। ट्रकका चालक पनि फरार रहेको प्रहरीले जनाएको छ।

विकका परिवारले प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको भन्दै सडक अवरुद्ध गरेका छन्। रातको समयमा खोजि गर्न समस्या भएकोले, मङ्गलबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरीको तालिमप्राप्त टोलीले कालीगण्डकीमा विकको खोजि कार्य तीव्र बनाएका छन्।

साथै, ट्रकका चालकको खोजि कार्य समेत भइरहेको प्रहरी निरीक्षक पट्टेलले जानकारी दिनुभयो।