पालिकाका केन्द्रसम्म अझै छैन यातायात पहुँच
प्रदेश १ का चारवटा पालिकाका केन्द्र अझैसम्म पनि यातायातको पहुँचमा छैनन्। सङ्घीय तथा प्रदेश सरकारले देशका सबै स्थानमा यातायातको सुविधा पु-याउने योजनाहरू वर्षैपिच्छे सार्वजनिक गरिरहदा प्रदेश १ मै सडक पहुँचको अभाव देखिएको छ। सडक सञ्जाल विस्तारका योजनाहरू निर्माण त हुन्छन् तर त्यस्ता योजनाहरू दूरदराजका दुर्गम स्थानसम्म पुग्नै नपाउने गरेको पाइन्छ।
नागरिकताको सनाखतमा जनप्रतिनिधि बस्न नपाउने
जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्।
बोक्सीको आरोप लगाउनेलाई छ वर्ष कैद सजायको फैसला
ओखलढुङ्गा जिल्ला अदालतले बोक्सी आरोप लगाउने तीनजनालाई कैद सजायको फैसला गरेको छ ।
सडकमा जिउँदा कुखुरा र अण्डा फ्याकेर प्रदर्शन
झापाका केही कुखुरापालक तथा अण्डा उत्पादक किसानले स्वतःस्फूर्त रूपमा बिर्तामोडको मुक्तिचोकमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुने
पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न सरकारले बाटो खोलिदिएको छ । कलेजले आफ्नो छुट्टै अस्पताल सञ्चालन नगरेसम्म विराटनगरको कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने सुविधा दिने मन्त्रिपरिषद्को निर्णयसँगै मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुलेको हो ।
नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी
खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे ।
पुलमाथिको हर्ष
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं.–४ को घर्तीगाउँ र ५ को बाँसबोटे जोड्ने रिट्ठाबोट फेदीखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुल नहुँदा दुई गाउँका स्थानीयलाई आउजाउमा समस्या थियो । पुल बनाउन कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजको ९१ लाख र स्थानीयको जनश्रमदान गरी एक करोड रुपियाँ खर्च भएको चम्पादेवी गाउँपालिका–४ का वडाध्यक्ष इन्द्र केसीले बताउनुभयो । तस्बिर : शेरबहादुर राई/ओखलढुङ्गा
पाँचथरमा दुई जनाको मृत्यु
भीर र रुखबाट लड्दा एकै दिन पाँचथरको फिदिम नगरपालिकाका २ जनाको ज्यान गएको छ ।
किचकवध मेलामा भक्तजनको भीड
झापाको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको भद्रपुर नगरपालिकामा रहेको ‘किचकवध’ क्षेत्रको प्रवद्र्धनका लागि लाग्दै आएको मेलामा भक्तजनको भीड लागेको छ। मेला भव्य बनाउन भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले स्थानीयलाई सार्वजनिक बिदा पनि दिएका छन्। यस क्षेत्रको महत्त्वलाई दर्शाउनका लागि दुईवटा स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय लिएको जनाइएको छ।
तीन करोडको बसपार्क प्रयोगविहीन
सिद्धिचरण नगरपालिका–११, रमाइलोडाँडा जिरोप्वाइन्ट नजिकै तीन करोड बढी लागतमा बसपार्क निर्माण गरिएको छ। बस, ट्रक तथा अन्य साना ठूला सवारीसाधनलाई राख्न मिल्ने गरी बसपार्कको निर्माण गरिएको छ तर अहिले उक्त बसपार्क प्रयोगविहीन अवस्थामा छ। २०७१ सालमा सहरी विकास मन्त्रालयमार्फत दुई करोडभन्दा बढी रकम बसपार्क निर्माणका लागि प्राप्त भएको तत्कालीन नगर विकास समितिका संयोजक तथा सिद्धिचरण नगरपालिका–११ का निवर्तमान वडाध्यक्ष विनोद केसीले बताउनुभयो। त्यसपछि बसपार्क जाने सडक, ढल र बसपार्क निर्माणका लागि विभिन्न समयमा करिब तीन करोडभन्दा बढी बजेट खर्च भएको केसीको भनाइ छ। १० वर्षअघि बसपार्क निर्माण गर्न पाँच करोड लाग्ने डीपीआर बनाइएको थियो।
कर्मचारीसम्बन्धी अध्यादेश स्वीकृत
प्रदेश सभाको सोमबार बसेको बैठकले अघिल्लो सरकारले जारी गरेको अध्यादेश स्वीकृत गरेको छ। संसद् नभएको समयमा ल्याएको प्रदेश निजामती सेवासम्बन्धी अध्यादेश बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको हो। सङ्घीय निजामती सेवा ऐन नआएको अवस्थामा प्रदेशमा कार्यरत कर्मचारीको सेवा, सुविधा र वृत्ति विकाससँग सम्बन्धित कार्यलाई नियमित गर्न सरकारले अध्यादेश जारी गरेको थियो। प्रदेश सभाको प्रथम अधिवेशनको पहिलो बैठकमा पेस भएको उक्त अध्यादेश सदनबाट स्वीकृत भएपछि बैठक सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ। बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री राजभण्डारीले सरकारले प्रदेश निजामती सेवा विधेयक र स्थानीय तहका कर्मचारीसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो।
चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन
चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
पाठेघरको मुखको क्यान्सर उच्च जोखिम
झापाको दमकमा महिलामा पाठेघरको मुखको क्यान्सर उच्च जोखिम भएको पाइएको छ । नगरपालिकाले दमकस्थित सरकारी अस्पतालमा क्यान्सर तथा सम्भावित क्यान्सर पत्ता लगाउन निःशुल्क सेवा दिन सुरु गरेपछि यहाँ आएका शङ्कास्पद बिरामीहरूको जाँच गर्दा उच्च जोखिम भएको पाइएको छ ।
ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना
प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । प्राकृतिक भू–बनावट, अनुपम जैविकतासँगै यहाँको धार्मिक पर्यटकीय स्थललगायतले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको मन्त्री आचार्यले बताउनुभयो ।
‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु
झापाको दमकमा निर्माणाधीन ‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु भएको छ। नेपालकै सबभन्दा अग्लो हुने भनिएको भ्युटावरसँगै ‘स्मार्ट सिटी’ अर्थात् नयाँ सहर विकासका लागि एकीकृत जग्गा व्यवस्थापनको प्रक्रिया सुरु भएको हो।
माथिल्लो अरुणका प्रभावितलाई मुआब्जा वितरण
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका कारण विस्थापित हुनेहरूलाई मुआब्जा वितरण गर्न सुरु गरिएको छ । आयोजना निर्माण क्षेत्र भोटखोला–२ र ५ का ३८५ परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण गर्न सुरु गरिएको हो । हालसम्म ११४ परिवारलाई ५३ करोड ४७ लाख १५ हजार ६६२ रुपियाँ मुआब्जा वितरण गरिसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । गत मङ्सिर २६ गतेदेखि सुरु गरी हालसम्म उक्त मुआब्जा रकम वितरण गरिएको हो ।
प्रदेश १ मा जलविद्युत् उत्पादन : सम्भावना धेरै लगानी कम
ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको प्रदेश १ मा लगानी र त्यसका लागि वातावरण निर्माण गर्न आवश्यक रहेको सम्बन्धित क्षेत्रका सरोकारवाला तथा विज्ञले बताउनुभएको छ । प्रदेश १ मा ३४ हजार मेगावाट क्षमताका आयोजना बन्न सक्ने भए पनि लगानी प्रोत्साहन गर्ने नीति नभएको उहाँहरूको धारणा छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान)ले आइतबार आयोजना गरेको ‘प्रदेश १ को दिगो विकासका लागि ऊर्जा’ विषयक कार्यशालामा सहभागी विज्ञहरूले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
साइक्लिङ दौडमा केलिङ विजयी
ओखलढुङ्गामा पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक साहसिक साइक्लिङ दौड प्रतियोगिता गरिएको छ। जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साइक्लिङ दौड प्रतियोगिता गरिएको हो। प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी भएका थिए।
सञ्चारसम्बन्धी ऐन चाँडै जारी हुने
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश १ सरकारले चाँडै नै सञ्चारसम्बन्धी ऐन जारी गर्ने बताउनुभएको छ। प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो।
मूल्य घटाएपछि बिक्न थाल्यो चामल
ताप्लेजुङमा मूल्य घटाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामल बिक्री हुन थालेको छ।
गोरखापत्रकर्मी तुम्बापो सम्मानित
गोरखापत्र दैनिकका पाँचथर समाचारदाता नारायण तुम्बापो सम्मानित हुनुभएको छ । प्रेस चौतारी नेपाल पाँचथरले तुम्बापोसहित आठ जना सञ्चारकर्मी र पूर्व सञ्चारकर्मीलाई सम्मान गरेको हो ।
इलामको साङरुम्बामा एक महिला मृत फेला
इलामको साङरुम्बामा एक महिला मृत अवस्थामा भेट्टिएकी छन् । इलाम नगरपालिका– १२ साङरुम्बा निवासी ३५ वर्षीया कमला तामाङ मृत अवस्थामा भेट्टिएको इलामका प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।
आगलागीबाट दुइतले घर जलेर नष्ट
अर्जुनधारा नगरपालिका–७ मा आइतबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा इन्द्रबहादुर लिम्बूको आठको दुइतले घर जलेर नष्ट भएको छ ।
ओखलढुंगालाई रेजिना कप भलिबल उपाधि
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सम्पन्न प्रदेश–१ स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीताको फाइनलमा ओखलढुंगाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।