डा. शेखर कोइराला फराकिलो अन्तरले विजयी
डा. शेखर कोइरालाको संसदीय यात्रा सुरु भएको छ। चिकित्सा पेसाबाट राजनीतिमा आउनुभएका कोइराला कांग्रेसभित्र प्रभावशाली नेतामध्ये एक हुनुहुन्छ।
मोरङ ५ (क)मा कांग्रेसका मण्डल र (ख)मा अर्याल विजयी
मोरङ क्षेत्र नं. ५ (क)मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी हुनुभएको छ । उहाँले १४ हजार ८४३ मत प्राप्त गर्नुभएको छ ।
मोरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डल विजयी
मोरङको निर्वाचन क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी हुनुभएको छ । उहाँले वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डललाई चार हजार ३३४ मतान्तरले पराजित गर्नु भएको हो ।
मोरङ ४ (ख) मा कांग्रेसका भीम पराजुली विजयी
प्रदेशसभा सदस्यअन्तर्गत मोरङ ४ (ख) मा नेपाली कांग्रेसका भीम पराजुली विजयी हुनुभएको छ ।
युवामा राजनीतिक आकर्षण रहेको निर्वाचनबाट पुष्टि : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिक आकर्षण नरहेको भन्ने विषयलाई अहिलेको निर्वाचनले चिरेको बताउनुभएको छ ।
उदयपुर १ को (क)मा माअाेवादी केन्द्रका राजन किराँती विजयी
उदयपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजन किराँती १५ हजार ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
प्रदेश सभामा सुनसरी २ (क) मा एमालेका भण्डारी विजयी
सुनसरीको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) तर्फ नेकपा (एमाले) का रेवतीरमण भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
मोरङ ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बू विजयी
मोरङ ३ (क)मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बू विजयी हुनुभएको छ । लिम्बूले १८ हजार २८६ मतका साथ विजयी हुनु भएको हो ।
मोरङ १ (क) मा एमालेका गौतम विजयी
प्रदेश सभा सदस्य अन्तर्गत मोरङ १ (क) मा नेकपा एमालेका उम्मेदवार उमाकान्त गौतम विजयी हुनुभएको छ । मोरङ १ को निर्वाचन अधिकृतको कार्यालय उर्लाबारीले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार गौतम १३ हजार ५३१ मत प्राप्त गरी विजयी हुनु भएको हो । ५८ वर्षीय गौतम उर्लाबारी–८ का पुराना कम्युनिस्ट भित्र पर्नुहुन्छ ।
मोरङ ६ बाट कोइराला विजयी
मोरङ क्षेत्र नम्बर ६ बाट बाम–गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला विजयी हुनु भएको छ ।
म्यादी प्रहरी बिदाइ
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि धनकुटा जिल्लाका विभिन्न मतदान स्थलमा खटिएका ९४० म्यादी प्रहरीलाई बिदाइ गरिएको छ ।
उत्कृष्ट करदाता सम्मानित
झापाको भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पतालले सेवा विस्तार गर्ने भएको छ । १३ वर्षदेखि एक सय शय्यामा सञ्चालन हुँदै आएको अस्पतालले सेवा विस्तार गर्दै दुई सय शय्या सञ्चालन गर्ने भएको छ । सो अस्पतालले मेची क्षेत्रका ताप्लेजुङ, पाँचथर, इलाम, झापा र सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई प्रभावकारी सेवा दिँदै आएको छ । यो अस्पताल मेची अञ्चल क्षेत्रमा स्वास्थ्य सेवा प्रदायक क्षेत्रबाट सर्वाधिक कर दाखिला गरेको भन्दै विगत तीन वर्षदेखि सम्मानित हुँदै आएको छ ।
तेह्रथुम प्रदेशसभा (ख) मा माओवादीका दुर्गा चापागाईँ विजयी
तेह्रथुम प्रदेशसभा (ख) मा (नेकपा माओवादी केन्द्र) का दुर्गाप्रसाद चापागाईँ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । ३९४ मतान्तरले प्रदेश सभा सदस्यमा चापागाईँ विजयी हुनुभएको हो ।
पाँचथरबाट पुनः एमालेका नेम्बाङ विजयी
मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएसँगै पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार वसन्तकुमार नेम्बाङ विजयी हुनु भएको छ ।
सङ्खुवासभा प्रदेशसभा (क) मा माओवादी केन्द्रका राजेन्द्र कार्की विजयी
सङ्खुवासभा प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्की विजयी हुनुभएको छ ।
खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई विजयी
खोटाङ, मङ्सिर ८ गते । खोटाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । नेकपा (एमाले) का विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । खोटाङमा खसेको ६७ हजार तीन सय ७३ मतमध्ये राईले ३१ हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ।
रौतहट २ को प्रदेशसभा (क) मा एमालेका आलम विजयी
रौतहट क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट नेकपा (एमाले)का मोहम्मद जैद आलम विजयी हुनुभएको छ। आलमले १३ हजार ५३२ मत ल्याउनुभएको छ।
सत्ताको मोलमोलाइ अब सुरु हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परिणामले मुलुकमा स्थिरता कायम नहुने र सत्ताको लागि मोलमोलाइ सुरु हुने बताउनुभएको छ । निर्वाचन परिणामको ट्रेन्डले मुलुकमा राजनीतिक स्थिरता हुने संकेत नदेखिएको उहाँको भनाइ छ ।
इलाम क्षेत्र २ को (ख) मा एमालेका राना वियजी
इलाम क्षेत्र नं २ को (ख) मा प्रदेश सभाका लागि नेकपा (एमाले) का रामबहादुर रानामगर विजयी हुनुभएको छ । रानाले उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार हर्क लावती (कान्छा) लाई २५ सय ७८ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी
झापाको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।
झापा ५ (क) प्रदेश सभामा एमालेबाट हिक्मत कार्की निर्वाचित
झापा ५ (क) मा नेकपा (एमाले) का नेता एबम् प्रदेश १ सरकारका पूर्वमन्त्री हिक्मत कार्की विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेसका जीवन रार्इलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।
धनकुटा प्रदेशसभामा एमालेका राई र पराजुली विजयी
धनकुटाको प्रदेशसभामा नेकपा (एमाले) विजयी भएको छ। प्रदेशसभा (क) र (ख) मा एमाले विजयी भएको हो।
धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित
धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ ।
सोलुखुम्बुको प्रतिनिधि सभामा एमालेका मानवीर राई विजयी
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राई एमालेको ३२ वर्षीय संसदीय इतिहासमा पहिलो पटक विजयी हुनुभएको छ ।