पुनः मतदान हुनुपर्छ : नेता खनाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ।
सुनसरी-४ को मतगणना स्थगित
इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा भइरहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना स्थगित भएको छ।
भोजपुरबाट माओवादीका सुदन किराँती विजयी
भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँती विजयी हुनुभएको छ।
मोरङ ४ बाट माओवादीका अमनलाल मोदी विजयी
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ।
नयाँ सरकार गठन र टिकाउन दुवै गाह्रो हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने उहाँको भनाइ छ ।
झोलुङ्गे पुल उद्घाटनदेखि मतदाता सम्मानमा निर्वाचित शर्मा व्यस्त
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले जनताको विश्वासअनुसार आफूहरू कुराभन्दा बढी काम गरेर देखाउने बताउनुभएको छ ।
एमालेका चौधरीकाे १७ हजार ७४१ मतसहित अग्रता
सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को मतगणना जारी छ । मतगणना सुस्त भएको भन्दै उम्मेदवारहरुले गति बढाउन माग गरेका छन् ।
मोरङ २ (क) मा माओवादीका गणेश उप्रेती विजयी
संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती मोरङको निर्वाचन क्षेत्र नं.२ (क) बाट विजयी हुनु भएको छ ।
मोरङ १ (ख) मा एमालेका बस्नेत निर्वाचित
प्रदेश नं. १ को मोरङ निर्वाचन क्षेत्र १ (ख) मा नेकपा (एमाले) का नेता खड्गबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँसँग संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी) का नेता उपेन्द्रप्रसाद घिमिरे पराजित हुनुभयो ।
ज्ञानेन्द्रबहादुर कार्की २४६ मतले अगाडि
सुनसरी प्रतिनिधि सभा क्षेत्र नं. ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिनुभएको छ ।
तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी
तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
मोरङ ३(ख) मा एमालेका ज्ञानेन्द्र सुवेदी विजयी
मोरङको निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेकपा एमालेका ज्ञानेन्द्र सुवेदी १७ हजार ४२८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
सङ्खुवासभा (ख) मा एमालेका लिङ्थेप विजयी
सङ्खुवासभा प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका उम्मेदवार विदुर लिङ्थेप निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार सरिता थापालाई २४० मत अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो ।
मोरङ ३ बाट कांग्रेसका शर्मा विजयी
मोरङ ३ मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी हुनु भएको छ ।
मोरङ २ मा एमालेका पोखरेल विजयी, कांग्रेस नेत्री कोइराला पराजित
मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएकी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएका छ ।
तेह्रथुम प्रदेशसभा (क) मा एमालेका दुलाल निर्वाचित
तेह्रथुमको प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार किशोरचन्द्र दुलाल निर्वाचित हुनुभएको छ ।
झापा क्षेत्र ४ (क) मा एमालेका खनाल निर्वाचित
झापा क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ ।
सुनसरी क्षेत्र १ (क) मा एमालेका बस्नेत विजयी
सुनसरी क्षेत्र न १ को प्रदेशसभा (क) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ ।
मोरङ २ को प्रदेश सभा (ख) मा एमालेका लीलाबल्लभ अधिकारी विजयी
मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले)का लीलाबल्लभ अधिकारी विजयी हुनुभएको छ।
उदयपुर १ को (ख) मा कांग्रेसका कार्की विजयी
उदयपुरको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की निर्वाचित हुनुभएको छ ।
मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य विजयी
मोरङको निर्वाचन क्षेत्र नं.६ (ख) मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका नेता जीवन आचार्य १९ हजार ४५५ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
मोरङ ६ (ख) मा सत्ता गठबन्धनका कार्की विजयी
मोरङको निर्वाचन क्षेत्र नं. ६ (ख) बाट प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विजयी हुनु भएको छ ।
सङ्खुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित
प्रतिनिधि सभातर्फ सङ्खुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचित हुनुभएको छ ।
इनरुवामा मौलिक नृत्य प्रतियोगिता
सुनसरी सदरमुकाम इनरुवामा नगरपालिका स्तरीय मौलिक तथा शास्त्रीय नृत्य प्रतियोगिता भएको छ ।