• १३ साउन २०८१, आइतबार

एमालेबाटै नयाँ राष्ट्रपति : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

विराटनगर, फागुन ७ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार नै आगामी राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । 

एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उहाँले बताउनुभयो । “अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले यो रहिरहन्छ ।”

अध्यक्ष ओलीले भन्नुभयो, “गणतन्त्र आएको धेरै समय भएको छैन, अहिले नै आत्तिनुपर्ने स्थिति छैन ।”  पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भन्नुभयो, “पूर्वराजा शाह अलमलमा पर्नुभएको छ ।” 

एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा (माओवादी केन्द्र) को पनि साथ र समर्थन रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । आउने शनिबार सत्ता साझेदार दलको तर्फबाट एमालेले अघि सार्ने राष्ट्रपति उम्मेदवार सार्वजनिक गर्ने उहाँले बताउनुभयो । रासस