कोकिला ढकाल
इलाम, माघ २२ गते । इलामको साङरुम्बामा एक महिला मृत अवस्थामा भेट्टिएकी छन् । इलाम नगरपालिका– १२ साङरुम्बा निवासी ३५ वर्षीया कमला तामाङ मृत अवस्थामा भेट्टिएको इलामका प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनुभयो ।
‘‘चार–पाँच दिन अघिदेखिकै शव जस्तो देखिएको छ, सड्ने अवस्थामा शव भटिएको छ ।’’ प्रहरी नायब निरीक्षक बस्नेतले भन्नुभयो, ‘‘अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।’’
घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । तामाङ शुक्रबारदेखि गाउँमा नदेखिएको र पोष्टमार्टम पछिमात्र घटनाको थप अनुसन्धान गरिने बस्नेतले बताउनुभयो ।