प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजनापछिको तयारीका लागि जुट्न निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आज अनुगमन गर्दै उहाँले संघीय सरकारले प्रदेश सरकारलार्ई प्रहरी समायोजन गरी हस्तान्तरण गर्न लागेकाले यस सम्बन्धमा आवश्यक तयारी गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
विद्यालयको कम्प्युटर चोरी
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक विद्यालयको कम्प्युटर चोरी भएको छ । मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयमा रहेको कम्प्युटर चोरी भएको हो ।
चोरी-डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ
सुनसरीमा चोरी तथा डाँका मुद्दामा सजाय पाएका फरारमध्य तीन जना प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहवीले दुहवी नगरपालिका १० बुद्धचौका प्रमोदकुमार मण्डल, दुहवी २ वीरगाउँका ४४ वर्षीय उमेश उराँव र बुद्धलाल उराँव पक्राउ परेका हुन् ।
ओखलढुङ्गामा चार करोडको सुन्तला उत्पादन
ओखलढुङ्गामा यस वर्ष करिब चार करोड बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला खेती हुने जिल्लाको दुई सय ६७ हेक्टर क्षेत्रफलबाट करिब चार करोड सुन्तला उत्पादन भएको हो ।
हात्ती धपाउन रातभर जाग्राम
कचनकवल गाउँपालिकाका स्थानीय हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार हात्तीले एक महिना अघिदेखि दु:ख दिएको छ र हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्ने गर्छन् ।
जनचेतनाको नाममा ठगी
झापाको दमकमा ग्यासको प्रयोगबारे सचेतना कार्यक्रम गर्ने भन्दै ठगी धन्दा गर्ने एक कम्पनीमाथि उजुरी परेको छ ।
कोशीमा सभामुख चयन गर्न आज निर्वाचन हुँदै
कोशी प्रदेश सभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । केहीबेर अघि सम्पन्न कार्यव्यवस्था बैठकले आजै सभामुख निर्वाचन सम्पन्न गर्ने गरी कार्यसूची तय गरेको हो । सभामुख पदको निर्वाचन दिउँसो ३ बजे हुँदैछ ।
प्याब्सन दिवसमा विद्यार्थी र शिक्षक सम्मानित
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३३ औं स्थापना दिवसका अवसरमा ताप्लेजुङमा विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ ।
तालिमले बनायोे पदमबहादुरलाई उद्यमी
पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुनुहुन्छ, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उहाँ आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किनुभएको थियो ।
दमकमा बजार अनुगमन
माछामासु वधशालाका माछा पसलहरुमा नगरपालिकाले आकस्मिक अनुगमन गर्दा पाँच सय केजीभन्दा बढी अखाद्य माछा फेला परेको हो ।
चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध
सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
पुर्ख्यौली कालिगड पेसा संरक्षण गर्दै युवा
धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताउनुभयो ।
शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका
बाबुले गरे छोराको हत्या
इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन शिक्षाको गुणस्तर सुधारमा बहस सुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो ।
औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग
धरानका व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रको विकास गरी औद्योगिक ग्राम निर्माण गर्न सरकारसँग माग गरेका छन् । धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभामा नौ बुँदे धारणा सार्वजनिक गर्दै व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रलाई जग्गा उपलब्ध गराउन र औद्योगिक ग्राम निर्माणको माग गरेका हुन् ।
प्रभावकारी भएन स्वास्थ्य बिमा कार्यक्रम
धनकुटामा हालसम्म ४२ हजार १ सय ८९ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । यो धनकुटाको कुल जनसङ्ख्याको २८ प्रतिशत हो । २०७८ सालको जनगणना अनुसार धनकुटाको कुल जनसङ्ख्या १ लाख ४९ हजार ९ सय ८४ छ ।
एकजुट भई गठबन्धनका उम्मेदवार जिताऔँ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ ।
फरार अभियुक्त तीस वर्षपछि पक्राउ
कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । वि.सं.२०५० मा कसुर गरेर फरार रहेका उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताउनुभयो ।
नेपाल–भारत पूर्वी सीमा अनुगमन
इलामस्थित सुरक्षा निकायले इलाममा पर्ने नेपालको पूर्वी भारतीय सीमाक्षेत्रको अनुगमन गरेको छ । उत्तरपूर्वी सीमावर्ती क्षेत्र सन्दकपुरदेखि पशुपतिनगरसम्मको सीमा अनुगमन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
कोशीमा गठबन्धन र एमालेसमेत चारजनाको उम्मेदवारी
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा कोशीबाट अन्य र महिला समूहबाट रिक्त रहेको पदमा निर्वाचन हुँदैछ ।
कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
प्रहरीको कुटपिटबाट दुई युवा घाइते
सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चौकमा धरानबाट उपचार गराएर घर फर्किने क्रममा दुई युवालाई प्रहरीले कुटपिट गरेको बताइएको छ ।
पाथीभरा क्षेत्रका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने भएको छ । अव्यवस्थित रूपमा राखिएका साइनबोर्ड र ब्यानर अर्थात् संकेत पाटी वा प्रचार सामग्रीले संरक्षित वनस्पति तथा प्राकृतिक सौन्दर्ययतामा असर पुगेकाले त्यस्ता सामग्री हटाउन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको हो ।