धराप बन्दै सडक आसपासका रुख
धनकुटा नगरपालिका १ हिले निवासी आशिष तामाङ र उहाँको श्रीमती उषा तामाङ बिहीबार दिउँसो करीब ४ बजे धनकुटा वाट हिले घर तर्फ फर्कदै हुनुहुन्थ्यो । मोटरसाइकलमा सवार उहाँहरु धनकुटा नगरपालिका वडा नं–४ स्थित सल्लेरीमा आइपुग्दा माथिवाट सिरीसको रुखको हाँगा खस्यो । माथीवाट खसेको बुढो रुखको हाँगाका कारण सडकमा यात्रा गरीरहेका तामाङ्गको परिबारमा एकाएक बज्रपात आईपर्यो । हाँगाले लागेर घाइते भएको श्रीमती उषा तामाङलाई अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोसणा गर्यो । श्रीमान आसिस घाइते छन् ।
डढेलोले खोटाङमा चार घर जले ८० बढी चौपाय मरे
खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र चौपायहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ५ ठाउँमा डढेलो लागि रहेको छ । २ ठाउँको डढेलोले घरहरूमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
जलेर एक परिवारका तीन बालबालिकाको मृत्यु
भोजपुरको हतुवागढी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो ।
सुरक्षाकर्मीद्वारा आगो निभाउने संयुक्त अभ्यास
जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् ।
बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका
इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो ।
पथरीको चिउरा मिलमा आगलागी
मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा रहेको चिउरा मिलमा गए राति आगलागी भएको छ । आगलागीबाट उद्योगमा ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।
भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
एनआरटीलाई बुढासुब्बा गोल्डकप उपाधि
धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो ।
वनमा लागेको डढेलोले तीन घर जले
ताप्लेजुङमा वनमा लागेको डढेलोले तीन वटा घरसहितका संरचना जलेर नस्ट भएका छन्। प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा वनमा लागेको डढेलोले स्थानीयका घर तथा अन्य संरचना जलेर नस्ट भएका हुन्।
आर्मीलाई टी–२० क्रिकेट उपाधि
प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
पाथीभरा केबलकारको विरोधमा यातायात व्यवसायी
ताप्लेजुङका यातायात व्यवसायीले पाथीभरा (मुक्कुमलुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाको विरोध गरेका छन्।
रंगेलीमा आगलागी हुँदा सन्थाल समुदायका २२ घर जले
मोरङको रङ्गेली– ३ बाबुसाहेव टोलमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।आगलागीमा सन्थाल समुदायका २२ घर जलेर नष्ट भएका छन्।
उपचार खर्च अभावले ओछ्यानमै थलिए युवा
खोटाङका २८ वर्षीय डुकेन्द्र श्रेष्ठ १७ वर्षदेखि उपचार नपाएर ओछ्यानमै थलिएका छन् । उपचार सम्भव भए पनि खर्च अभाव हुँदा उहाँको उपचार हुन सकेको छैन ।
बज्रगुरु मन्त्रजप पूजाको तयारी अन्तिम चरणमा
ताप्लेजुङमा नियमित आयोजना हुँदै आएको बज्रगुरु मन्त्र जप पूजाको तयारी अन्तिम चरणमा पुगेको छ।यहाँका बौद्धमार्गीले यसवर्ष पाँचौँ पटक बज्रगुरु मन्त्र जप आयोजना गर्न लागेका र तयारी अन्तिम चरणमा पुगेको हो ।
हिमालको काखमा याक
सगरमाथा क्षेत्रको हिमालको काखमा रहेको याक । सगरमाथा क्षेत्रमा सामाग्री ढुवानीका लागि याक भरपर्दो मानिन्छ ।
रुम्जाटारको राडीपाखी
कोशी प्रदेश अन्तर्गत ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि ११ किमी पूर्वमा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटनको सम्भाव्य स्थल हो रुम्जाटार । बाइसे–चौबिसे राजाको पालादेखि नै किराँत वंशीहरूले शासन गरेको यस रुम्जाटार क्षेत्रको नामकरण तत्कालीन किराँती राजा रुम बुढाको नामबाट रहन गएको कुरा स्थानीय व्यक्ति बताउँछन् ।
आठ वर्षमा पनि भएन कालोपत्रे
मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभन्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रे गर्न ठेक्का लागेको आठ वर्ष पुगेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाहीले २०७२ चैत २ गतेसडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । सम्झौतामा २०७५ फागुन ३० गते काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिए पनि सडक अहिलेसम्म अलपत्र छ । समयमा काम नभएपछि गत
यूएई पुगेका १९ नेपाली अलपत्र
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नुभएको थियो ।
आगलागीबाट तीन लाख बढीको क्षति
जिल्लाको मानेभनञ्ज्याङ गाउँपालिका–१ मोलीमा बालिकाले खेलाएको आगो घरमा सल्किएर आगलागी भएको छ ।
घोराहीमा जग्गा व्यवस्थापन तथा नाप नक्साको काम सुरु
घोराही उपमहानगरपालिकाले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु गरेको छ ।
दुई हप्तामा ताप्लेजुङका १६ ठाउँमा डढेलो
ताप्लेजुङमा पछिल्लो दुई हप्ताभित्र १६ वटा डढेलो (आगलागी) का घटना भएका छन्। सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलोका घटना भएका हुन्।
भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु
भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।
बृहत् शिविरमार्फत १६ सयले लिए स्वास्थ्य सेवा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित बृहत् स्वास्थ्य शिविरमार्फत एक हजार पाँच सय बढीले सेवा लिएका छन् ।
मैनामैनी दुर्घटनाका घाइते भन्छन्- अप्ठ्यारो बाटोका कारण दुर्घटना भयो
भोजपुरको हतुवागढी गाउँपालिका-५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आउनुभएको थियो । उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम ।