मोलुङ एकवार सडक केही महिनामै जोडिने
धेरै वर्षसम्म सम्पन्न हुन नसकेको ओखलढुंगाको मोलुङ एकवर बाटो अबको केही महिनापछि जोडिने भएको छ ।
सल्लेरी व्यारेक परिसरमा बृक्षारोपण
धनकुटास्थित नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेक परिसरमा नेपाली सेनाले बृक्षारोपण गरेको छ । धनकुटा नगरपालिका ४ सल्लेरीस्थित तैनाथ रहेको नेपाली सेना श्री भीमदल गणको हाताभित्र खाली रहेको जमिनमा शनिबार बृक्षारोपण गरेको हो ।
पाथीभरा मन्दिरबाट देखिएको हिमशृङ्खला
हिमपात सँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट शुक्रबार देखिएको कञ्चनजङ्घा, कुम्भकर्ण हिमशृङ्खलाको मनोरम दृश्य । तस्बिर : सन्तोष पुर्कुटी/रासस
घाँटीमा अण्डा अड्किएर मृत्यु
ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एक जनाको ज्यान गएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्केर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो ।
गाउँको खेलकुद : रहर छ पूर्वाधार छैन
गत फागुन पहिलो साता धनकुटाको सहिदभूमी गाउँपालिका १ घंघरुमा सहिद प्रकाश थापा स्मृतिकप भलिबल प्रतियोगिता भयो।
नगरपालिकाद्वारा कृषकलाई भैँसी सहयोग
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
झापामा २५ जना बालबालिकामा क्षयरोग
झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगी मध्ये २५ जना बालबालिका रहेका छन् ।
लोपोन्मुख खरमजुर गणना सुरु
विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खरमजुरको गणना शुव्रmबारदेखि सुरु गरिएको छ । नेपाल पन्छी सङ्घको अगुवाइमा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गणना सुरु गरिएको हो । घाँसे मौदानमा बस्ने दुर्लभ चराको गणना कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आठ दिनसम्म गर्ने कार्यव्रmम अनुसार सप्तरीको गोबरगढाबाट सुरु गरिएको हो । गणनामा तीस जना चरा विज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
बिचौलियाको हातमा अलैँचीको मूल्य, प्रतिमन ८६ हजारमा किनबेच
अलैँचीको मूल्य निर्धारण बिचौलियाको हातमा रहेको भन्दै किसानहरूले नियमन गर्न माग गरेका छन् । बिचौलियाले किसानले विक्री गर्ने समयमा कम मूल्य बनाएर खरिद गर्ने र बढी मूल्य बनाएर विक्री गर्ने गरेको पाइएको हो ।
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान गरेको हो ।
प्रेमी बाटै सुमिनाको हत्या
धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ। इलाका पहरी कार्यालय धरानले शुक्रबार हत्याका आरोपी सार्वजनिक गरेको हो। प्रेमी धरान उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ।
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।
गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरूले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताउनुभएको छ ।
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् ।
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।
लागू औषधसहित एकजना पक्राउ
झापाको कनकाई नगरपालिका ४ कनकाई पुलबाट प्रतिबन्धित लागू औषधसहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ ।बिहीबार राति ८ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई ४ कनकाई पुलछेउबाट प्रतिबन्धित लागू औषधसहित दमक १ बस्ने २७ वर्षीय छङ राईलाई पक्राउ गरेको हो ।
विश्वमै लोपोन्मुख खरमुजुरको गणना सुरु
विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खर मुजुरको गणना सुरु गरिएको छ ।
इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित
इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उहाँले रासससँग भन्नुभयो, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन ।
चैतकोे हिउँपानीले जताततै खुसी
पाँचथरसहित पहाडी जिल्लामा यो वर्ष पहिलो पटक पानी परेको छ । बुधबार बिहानदेखि सुरु भएको वर्षा र हिमपात बिहीबार अपराह्नसम्म जारी रह्यो । पाँचथरको फिदिम १० का किसान वीरमान लिम्बू निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो मार्न नपाउनुभएका लिम्बूले अब पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।
इलाममा रक्सी चुरोट नियन्त्रण अभियान सुरु
इलामको सूर्योदय नगरपालिकामा लागु औषध दुर्व्यसनी,मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान थालिएको छ ।
सीमा क्षेत्रमा सुरक्षा प्रमुखको पैदलयात्रा
सीमा क्षेत्रमा रहेका स्थानीयको समस्याको विषयमा जानकारी लिन र सीमासम्बन्धी समस्या समाधानका लागि झापा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले झापामा सीमा पैदलयात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणा अन्तर्गत नेपाल–भारत सीमा इलाका र सीमास्तम्भहरूको अनुगमनसहितको कार्यव्रmम बुधबारबाट सुरु भएको हो ।
पर्यटन प्रवर्दनका लागि विपद बैठक
विपद व्यवस्थापन समिति धनकुटाको बैठक पाख्रिबास ४ तालतलैयास्थित सिमसार क्षेत्रमा भएको छ । एेतिहासिक रूपमै हवाइजहाज भित्र वसेर विपद् व्यावस्थापन समितिको बैठक सम्पन्न भएको यो पहिलो पटक हो ।
हिउँ पानी पर्दा कृषक खुसी
पाँचथरको फिदिम–१० का किसान वीरमान लिम्बु बिहीबार निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो हुने चिन्तामा रहेका लिम्बुले पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।
एसइई परीक्षाका लागि १७ वटा केन्द्र निर्धारण
ताप्लेजुङमा यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।