• १२ साउन २०८१, शनिबार

घाँटीमा अण्डा अड्किएर मृत्यु

blog

शेरबहादुर राई

ओखलढुङ्गा, चैत १० गते । ओखलढुङ्गामा घाँटीमा कुखुराको अण्डा अड्किएर एक जनाको ज्यान गएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो । 

शुक्रबार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उहाँको मृत्युभएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो । 

भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।