• १३ मंसिर २०८१, बिहिबार

चैतकोे हिउँपानीले जताततै खुसी

blog

फिदिम समाचारदाता

फिदिम, चैत ९ गते । पाँचथरसहित पहाडी जिल्लामा यो वर्ष पहिलो पटक पानी परेको छ । बुधबार बिहानदेखि सुरु भएको वर्षा र हिमपात बिहीबार अपराह्नसम्म जारी रह्यो । पाँचथरको फिदिम १० का किसान वीरमान लिम्बू निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो मार्न नपाउनुभएका लिम्बूले अब पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।

“यो बेलासम्म मकै उम्रिइसक्नुपथ्र्यो, असोजदेखि पानी नपर्दा बाँझो जोत्नै पाइएन अब भने कम्मर कसेर काममा लाग्न पाइने भयो,” लिम्बूले भन्नुभयो । यो याममा पानीपर्दा मकै छर्न, चैते धान रोप्न र यसअघि लगाइएका गहँु र आलु बालीलाई फाइदा पुग्ने उहाँ बताउनुहुन्छ । 

वीरमान जस्तै फालेलुङ–५ का चौंरीपालक चन्द्रलाल नेपाल पनि हर्षित मुद्रामा देखिनुहुन्थ्यो । यो याममा पहिलो पटक हिउँ परेकाले प्रकृति, मान्छे र जनावर सबैलाई न्याय भएको उहाँको टिप्पणी छ । “मान्छेलाई शीतल त भयो नै पानी नपर्दा लागिरहेको डढेलो र आगलागी पनि नियन्त्रणमा आयो, वसन्तको सुरुवातमा परेको पानीले गुराँस राम्ररी फुल्छ, खर्कमा घाँस पलाउँछ अनि सबैखाले रुख बुटामा पालुवा पलाउँछन्,” नेपालले थप्नुभयो  ।

पानी परेपछि धुवाँ र धुलोसहितका प्रदूषण कम हुन थालेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका ४, ५ र ६ का उच्च पहाडी तथा हिमाली भेगमा तीन फिटसम्म हिउँ परेको चाररातेका डिल्ली केरुङले बताउनुभयो । असोज पहिलो साता मनसुन निष्व्रिmय भएसँगै निरन्तरको खडेरीपश्चात् पानीपर्दा किसान खुसी भएका छन् । जिल्लाको फालेलुङस्थित सुर्केथाम, चारराते, फालौट, इलाम र पाँचथरको सीमावर्ती सन्दकपुर तथा सिक्किमसँगको सीमावर्ती पाँचथरस्थित चिवा भन्ज्याङ क्षेत्रमा बुधबार बिहानैदेखि हिउँ परिरहेको बताइएको छ  ।

किसानलाई राहत

ताप्लेजुङ समाचारदाताका अनुसार लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानले वर्षा हुन थालेपछि राहतको महसुस गरेका छन् । हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको (छरेको) राम्ररी नउमे्रको र उम्रेको पनि सुक्न थालेको थियो । 

मङ्गलबारदेखि भने सामान्य वर्षा हुन थालेपछि मकै खेतीलगायत हिउँदे बालीका लागि राहत मिलेको फुङ्लिङ नगरपालिका–५ का स्थानीय विव्रmम लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार सामान्य भए पनि वर्षा भएकाले हिउँदे बालीलाई राहत पुगेको छ । पानीको पर्खाइमा मकै बाली लगाउन नपाई बसेका किसानलाई ठुलो राहत मिलेको उहाँले बताउनुभयो ।

जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका किसान दलबहादुर लिम्बूले माटो नभिजे पनि वर्षाले राहत मिलेको बताउनुभयो । धान खेती लगाउने खेत (जग्गा) मा मकै लगाउनलाई ढिलो भइसके पनि सामान्य वर्षा भएसँगै बुधबारदेखि नै रोप्न थालेको लिम्बूले बताउनुभयो । उहाँका अनुसार गाउँका अन्य किसानले पनि मकै खेती लगाउन सुरु गरेका छन् ।

मकै खेती लगाउने मुख्य समय माघ र फागुन महिना भए पनि वर्षा नभएकाले अहिलेसम्म खेती लगाउन पाएका थिएनन् । पानीको पर्खाइमा रहेका अधिकांश किसानले सामान्य वर्षा हुनेबित्तिकै धमाधम मकै खेती लगाउन थालेका छन् । मकै खेती लगाउनलाई केही ढिलो भए पनि अहिले लगाएको बालीका लागि थप समय अनुकूल भइदिएमा उत्पादनमा खासै कमी नआउने किसानको भनाइ छ ।

यस्तै अहिले भएको वर्षाले नगदेबाली अलैँची, फलफूल खेतीलगायतका हिउँदे बालीलाई थोरै भए पनि राहत पुगेको किसानले बताएका छन् । लामो अवधिको खडेरीपछि सामान्य वर्षा हुँदा कृषि कर्मका लागि पर्याप्त भने नहुने किसान बताउँछन् । कृषिका लागि समय अनुकूल हुनलाई बेला बेलामा वर्षा हुन अनिवार्य रहेको उनीहरूको भनाइ छ ।

यता लामो सुक्खा मौसमका कारण वनमा डढेलो लाग्ने व्रmम बढिरहेका बेला वर्षाले राहत मिलेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो । वर्षाले डढेलो नियन्त्रणमा सहयोग पुगेको र थोरै भए पनि वातावरण सन्तुलित बनाउनुमा टेवा पुग्ने ओझाको भनाइ छ । बितेको २४ घण्टामा ताप्लेजुङमा २.५ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जानकारी दिएको छ । ताप्लेजुङमा वर्षा हुने व्रmम जारी रहेको छ ।