• १३ साउन २०८१, आइतबार

मोलुङ एकवार सडक केही महिनामै जोडिने

blog

ओखलढुंगा, चैत ११ गते । धेरै वर्षसम्म सम्पन्न हुन नसकेको ओखलढुंगाको मोलुङ एकवर बाटो अबको केही महिनापछि जोडिने भएको छ । 

ओखलढुंगा, मोलुङ एकवार सडकको सुनकोशी वडा ८  काउछे र सुनकोशीकै वडा नं. ८ कै अधेरी विचको करिब ३ कि. मि. बाटो  जोड्न बाँकी छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका  रामहरि खतिवडा मोलुङ एक वार सडकको निरीक्षण गर्नुभएको छ ।  

खतिवडाले मोलुङ एकवर बाटो पूरा भएन भने आफू ओखलढुंगामा उम्मेदवार नहुने दाबी गर्नुभयो ।

कामको सुरुवात भएको छ मलाई पूरा आशा छ निर्माण कम्पनीले यो बाटो समयमै सम्पन्न हुने कुरामा आफू ढुक्क भएको बताउनु भयो ।  यो बाटोमा विस्फोटक पदार्थको आवश्यक भए पनि सिफारिस गरेर पठाउन जिल्ला प्रमुखलाई निर्देशन दिनुभएको छ । 

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनीको १ करोड ७५ लाख रकम भुक्तानी गरी काम सम्पन्न गर्नलाई श्रोत सुनिश्चित भएर जति काम हुन्छ त्यसको भुक्तानी हुने गरी काम सुरु भएको हो ।