बुधबारे हटियामा नगरपालिकाले चलायो डोजर
बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरामा डोजर चलाएको छ । नगरपालिकाले १ बिगाह २ कठ्ठा क्षेत्रमा रहेका करिब दुई सय वटा टहरा हटाउन सुरु भएको हो । नगरपालिकाले पूर्वपट्टिबाट टहरा हटाउन सुरु गरेको छ ।
प्रदेश सांसदलाई ल्यापटप दिने योजनाप्रति एमालेको विरोध
कोशी प्रदेशका हरेक सांसदहरूलाई ल्यापटप वितरण गर्ने योजनाको चौतर्फी विरोध भएपछि सत्तारुढ दल नेकपा एमालेले पनि उक्त योजना स्थगित गर्न प्रदेश सभालाई आग्रह गरेको छ ।
मिटर ब्याजीविरुद्ध दुई सयभन्दा बढी उजुरी
सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।
संसार देख्न पाउँदा बालक खुसी
ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक बालकको मोतियाबिन्दुको शल्यव्रिmया सफल भएको छ। मोतियाबिन्दुले जन्मैदेखि आँखा नदेख्ने ऐँसेलुखर्क गाउँपालिका–३, ऐँसेलुखर्क भोक्तेनीका १० वर्षीय लालकुमार खुलाल शल्यव्रिmयापछि अहिले आँखा देख्ने भएका छन्।
कोशीमा तटबन्ध निर्माण गरिँदै
अघिल्लो वर्ष सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरे खोंचस्थित डुम्रीबोटे क्षेत्रमा (बिग बोल्डर) अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नियन्त्रणको काम सुरु भएको छ। कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको सो स्थानमा तत्काल काम गर्नुपर्ने भएकाले जलस्रोत तथा सिँचाइ विभागको करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत १७० मिटर लामो र तीन मिटर उचाइ भएको बिग बोल्डर स्लोप निर्माण गर्न थालिएको कोशी तथा बक्राहा नदी व्यवस्थापन कार्यालय विराटनगरका आयोजना प्रमुख चव्रmविव्रmम सिंहले बताउनुभयो।
झापामा पोथी हात्ती मृत फेला
झापाको बुद्धशान्ति गाउँपालिका –३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्षको शपथ
कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसन सहकार्यमा निःशुल्क आँखा शिविर
निरन्तर चार दिनसम्म सञ्चालन भएको भएको निःशुल्क आँखा शिविरमा पाँच हजार ७२ जनाको आँखा परीक्षण गरिएको छ । मोरङको रङ्गेली र सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा पाँच हजार ७२ जनाको आँखा परीक्षण गरिएको हो ।
व्यावसायिक पत्रकारिता आजको आवश्यकता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्कीले सञ्चारकर्मीले सत्य तथ्य समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो।
प्राधिकरणले उदयपुर सिमेन्ट उद्योगको लाइन जोड्यो
नेपाल विद्युत प्राधिकरणले लाइन काटेको छ दिनपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा पुःन विद्युत लाइन जडान गरिएको छ ।
मोरङमा गाईवस्तु ओसारपसारमा रोक
उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो ।
भर्ना सकिएपछि शुल्क निर्धारण
शैक्षिक सत्र सुरु भएको २६ दिनपछि विराटनगर महानगरपालिकाले संस्थागत विद्यालयका लागि निर्धारण गरेको शुल्क सार्वजनिक गरेको छ। अभिभावकले विद्यार्थी भर्ना गरेर वर्षभरिको वा आधा वर्षको शुल्क बुझाइसकेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेर सार्वजनिक गरेको हो। शिक्षा नियमावली अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि संस्थागत विद्यालयले महानगरपालिकामा शुल्क प्रस्ताव गर्नुपर्ने प्रावधान छ तर विराटनगरमा यसरी शुल्क प्रस्ताव गर्ने र स्वीकृति लिने संस्थागत विद्यालय छैनन्।
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
ताप्लेजुङमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
सरकारबाट फिर्ता हुन आग्रह
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारबाट फिर्ता हुन नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ ।
सगरमाथा चुचुराेमा ३२५ आरोही
वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।
सफा हिमाल अभियान : एकको निधन, अन्यको उपचार हुँदै
सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दिपेन्द्रसिंह खत्रीको काठमाडौंमा उपचार भइरहेको छ ।
आफ्नै भवनबाट सेवा प्रवाह सुरु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्नु सुरु गरेको छ। भवन निर्माण सम्पन्न भएसँगै लिम्बुदिनले आफ्नै वडा कार्यालय भवनबाट सेवा सुरु गरेको हो।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक जग्गा खाली गर्दै त्रियुगा नगरपालिका
उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काएर सरकारी सम्पत्तिको संरक्षण अभियान सुरु गरेको छ ।
झापामा रेलमार्ग बाहिरको जग्गा फुकुवा
झापामा रेलमार्गका लागि निर्धारण भएको जग्गाभन्दा बाहिरको जग्गा फुकुवा भएको छ ।
दिक्तेल रुपाकोट बन्यो पूर्ण खोप सुनिश्चितता नगर
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।
संस्कृति संरक्षणप्रति युवाको आकर्षण
जिल्लास्थित लिम्बू समुदायका युवा पुस्ता संस्कृति संरक्षण गर्न उत्साहित देखिएका छन् । विभिन्न स्थानीय तह र सामाजिक सङ्घ संस्थाले संस्कृति संरक्षणका लागि कार्यव्रmम सञ्चालनमार्फत यसतर्फ आकर्षित भएका हुन् ।
टर्मिनल क्षेत्रमा बस होल्ड
विराटनगरस्थित बस टर्मिनल परिसरमा यात्रुवाहक सवारी ‘होल्ड’ गर्दा व्यवस्थापनमा समस्या परेको गुनासो छ । नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माण गरेको बस टर्मिनलमा सवारी पार्किङ गरिदाँ दैनिक व्यवस्थापनमा समस्या परेको हो ।
योजना फस्र्योट, काम अधुरै
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित पञ्चावतीदेवी प्राथमिक विद्यालयको शौचालय निर्माणको काम सम्पन्न नभई भुक्तानी भएको पाइएको छ ।