• १५ वैशाख २०८१, शनिबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

blog

हरि कोइराला

उर्लाबारी, चैत १५ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्युु भएको छ भने एक जना युवक घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका ८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा बिहान ९.३० बजेतिर मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते हुनुभएको छ । प्रहरीका अनुसार मृतक मञ्जु र घाइते अमित आमा-छोरा हुन् । दुर्घटनालगत्तै बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।