• १५ वैशाख २०८१, शनिबार

लहरीमा पिकअप ठोकिँदा एक जनाको मृत्यु

blog

दुर्घटनास्थल ।

कबिराज घिमिरे

हिले, चैत्र १५ गते। धनकुटामा लहरीमा पिकअप ठोकिँदा एक जनाको मृत्यु भएको छ। ट्रकका चालक सिराहा गोल बजार घर भएर धनकुटा नगरपालिका-९ बस्ने ३० वर्षीय निरज ठकुरीको दुर्घटनामा मृत्यु भएको हो। 

ठकुरी लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिँदा लहरी माथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

सिधुवाबाट सब्जी लोड गरेर धरानतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअप गाडी धनकुटा नगरपालिका-६ स्थित कोल्य स्टोरमा रोकिराखेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भएर ठोक्किएको प्रहरीले जनाएको छ। 

पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षति पुर्‍याएको छ। पिकअप चालक चेतबहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले जानकारी दिनुभयो।