पहिरो पीडितका लागि टहरा निर्माण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोपीडित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको छ । गत असार पहिलो साता भीषण वर्षासँगै गएको पहिरोका कारण पीडित तथा प्रभावित बनेका परिवारलाई स्थानान्तरण गर्न अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको हो ।
अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण
नेपाल तरुण दल धनकुटाले अनाथ बालबालिकालाई शैक्षिकसहित खाद्यान्न सामग्री वितरण गरेको छ ।
लागुऔषधको कुलतमा युवा
लागुऔषध प्रयोगकर्ता झापा कमल गाउँपालिका–६ का विवेक ग्वालालाई विराटनगर–१६, हुलास चोकबाट प्रहरीले नियन्त्रणमा लियो। विभिन्न प्रकारका २६ एम्पुल लागुऔषध लिन झापाबाट ग्वाला भारतीय बजार जोगबनी आएर फर्किदाँ प्रहरीले पक्राउ गरेको हो। एकै दिन झापा र मोरङबाट प्रहरीले ग्वालासहित पाँच जनालाई पक्राउ गरेको थियो। पथरीशनिश्चरे–१ बाट एक ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित शैलेश गुरुङ, झापा बिर्तामोड–४, भद्रपुर रोडबाट एक ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित रवि चौधरी, प्रियान्स साह र विशाल विकलाई पक्राउ ग¥यो। कोशी प्रदेशमा बढ्दो लागुऔषध प्रयोग र कारोबारले सुरक्षा चुनौतीसँगै युवालाई नराम्रोसँग कुलतमा फसाउन थालेको यो घटनाले पुष्टि गरेको छ। लागुऔषध प्रयोगकर्ता लतमा फसेपछि परिवारबाट टाढिने गरेका छन्।
उराउ जनजाति सङ्ग्रहालय निर्माण
इनरुवा नगरपालिकामा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रूपमा पुराना कला संस्कृतिको संरक्षण गर्न नेपाल उराउ आदिवासी जनजाति प्रतिष्ठानले उराउ जनजाति सङ्ग्रहालय निर्माण गरेको छ। इनरुवा नपा–२ को लक्ष्मीनारायण मन्दिर नजिकै संस्कृति पहिचान झल्किने उराउको जातीय पहिचानसहितको कला, कौशल र पहिरन, खेतमा काम गर्दाको बखत प्रयोग भएको सामग्री राख्ने गरी सङ्ग्रहालय निर्माण गरिएको हो।
५१ करोडको कोदो भारतबाट आयात
मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ ।
साहित्य अभिलेखन ग्रन्थ प्रकाशन
कोशी प्रदेशको नेपाली साहित्यको अभिलेखन ग्रन्थ लोकार्पण गरिएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका नेपाली साहित्य र साहित्यकारलगायतका बारेमा विस्तृत चर्चा एवं खोज गरिएको पुस्तकको सूर्योदय नगरपालिकामा एक कार्यक्रमबिच लोकार्पण गरिएको हो । कोशी प्रदेश सरकारको सहयोगमा गणेश रसिक फाउन्डेसनले प्रकाशन गरेको पुस्तक समग्रमा कोशी प्रदेशका नेपाली साहित्यका बारेमा एक विशेष दस्ताबेज नै भएको पुस्तकका प्रधान सम्पादक तथा साहित्यकार गणेश रसिकले जानकारी दिनुभयो । कोशी प्रदेशका पूर्वपर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । उहाँ मन्त्री भएकै बेला उक्त पुस्तकको काम थालिएको थियो ।
गुन्द्रुकपछि सिस्नो ब्रान्डिङ हुँदै
इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ गरी बजार पठाउन सफल भएपछि यस बर्ष सिस्नोको ब्रान्डिङ गर्ने भएको छ । स्थानीय खोलाखोल्सामा पाइने सिस्नो बजारमा पु-याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले गाउँ सभाबाट पारित गर्दै सिस्नोको ब्रान्डिङ गर्ने भएको हो । गाउँपालिकाले छ महिनाअघिदेखि सहकारीमार्फत किसानका बारीको साग सङ्कलन गरी प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्रान्डिङ गरेको गुन्द्रुक अहिले नेपालका चलेका सुपर मार्केट र अमेरिकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो, “गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसँग जोडिएको सिस्नोको ब्रान्डिङ गरेर बजारीकरणको तयारी हो ।” गुन्द्रुकलाई गुणकारी खाद्यवस्तुका रूपमा समेत चिनिने गरेको उहाँले जानकारी दिनुभयो ।
पाँचथर दुर्घटनाले ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ शोकमा
मेची राजमार्गको पाँचथर सडक खण्डमा मङ्गलबार भएको बोलेरो जिप दुर्घटनामा परी ताप्लेजुङ ढुङ्गेसाँघुका एक व्यक्तिको मृत्यु भएपछि गाउँ शोकमय बनेको छ।
पाँचथर दुर्घटनाका मृतकको पहिचान खुल्यो
मेची राजमार्गको पाँचथर खण्डमा मङ्गलबार सवारी बोलेरो जिप (ट्याक्सी) दुर्घटना हुँदा निधन भएका यात्रुको पहिचान खुलेको छ ।
फुटपाथको व्यापारले दैनिक २० हजारसम्म आम्दानी
धनकुटा नगरपालिका वडा नम्बर ९ गुठिटारका पदमबहादुर राई आफैँ गोलभेँडा उत्पादन गर्दै आफैँ कोशी राजमार्गमा बिक्री गर्नु हुन्छ ।
हिलाम्मे सडक मर्मतमा श्रमदान अभियान
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ खेजेनिमका स्थानीयले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् ।
प्रशासन कार्यालयद्वारा औषधि पसलमा ताला
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले म्याद गुर्जेका औषधी बेच्ने र दर्ता नभएका पसलमा ताला लगाएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयले कपिलवस्तु नगरपालिकामा ४, मायादेवी गाउँपालिकामा ४ र शुद्धोधन गाउँपालिकामा एक गरी नौ वटा औषधि पसलमा अनुगमन गरेको हो ।
नेपाल–चीन सीमास्तम्भको निरीक्षण
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले ताप्लेजुङस्थित टिपताला भन्ज्याङमा रहेको नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरेको छ।
पाँचथर दुर्घटना अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
मेची राजमार्गको इलाम फिदिम सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ सामदिनमा ट्याक्सी (बोलेरो) दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।
पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा ११ जना घाइते
झापाको बिर्तामोडदेखि फिदिमतर्फ आउँदै गरेको ट्याक्सी फिदिम २ सामदिनमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
वर्षा सुरु भएसँगै झापामा १० जनाको मृत्यु
वर्षा सुरु भएसँगै झापामा अहिलेसम्म खोलानालामा डुबेर १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ १ देखि असार ७ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न खोलानालामा डुबेर १० जनाको मृत्यु भएको हो ।
ओखलढुङ्गामा पहिरोले तीन घरमा क्षति
ओखलढुङ्गा सदरमुकाम नजिकै जिविस खोरिया टोलमा पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा कर्मचारीको निधन
मेची राजगर्माको फिदिम खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
हटाइयो सबै प्रधानाध्यापक
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हटाएको छ। नगर कार्यपालिकाको बैठकले सबै तहका विद्यालयका प्रधानाध्यापकलाई हटाएर विज्ञापन गरी प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको हो।
मेरिङ्देन सेवा आफ्नै प्रशासकीय भवनबाट
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट कार्यालय सञ्चालन सुरु गरेको छ । प्रशासकीय केन्द्र सान्थाक्रामा भवन निर्माणको कार्य सम्पन्न भएसँगै मेरिङ्देन गाउँपालिकाले सोमबारदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु गरेको हो ।
दिनेश र देवेन्द्रलाई ब्याडमिन्टन उपाधि
पाँचथरको फिदिममा आयोजित प्रथम खड्गकुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुम आठ राईका दिनेश कन्दङवा र देवेन्द्र उप्रेतीले जित्नुभएको छ ।
भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित
केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनि राईले भिरमौरीको मह सिकार गर्न थालेको ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ ।
कोशी सरकार गठनको विवाद सर्वोच्चको पूर्ण इजलासमा पठाउन आदेश
कोशी प्रदेशमा सरकार गठन प्रक्रियाको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।
व्यवसायीद्वारा सरकारी अनुगमन टोलीलाई थुन्ने प्रयास
इनरुवा नगरपालिका–१ मा रहेका मेडिकलहरूको अनुगमन गर्नेक्रममा सरकारी अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद भएको छ ।