एमाले–माओवादीद्वारा कोशी सरकारमा दाबी
कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सांसदहरूको समर्थनमा नियुक्त हुनुभएका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता माग्दै नेकपा (एमाले) ले प्रदेश प्रमुखसमक्ष निवेदन दिएपछि कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको हो ।
‘पिठ्युँमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गरिने’
सङ्घीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले पिठ्युँमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ ।
स्वर्णिम साहित्य समाजको पुरस्कार घोषणा
सुनसरीको वराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार’ पाउने व्यक्तिको नाम घोषणा गरेको छ । ५० हजार १५१ रुपियाँ राशिको साहित्य पुरस्कार र एघार हजार एक रुपियाँ राशिको सम्मान पाउने व्यक्तिको नाम साहित्य समाजले घोषणा गरेको हो ।
सुनसरीलाई वक्रकुण्ड गोल्डकपको उपाधि
वक्रकुण्ड गोल्डकपकोउपाधि सुनसरीले उचालेको छ । सोमबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो ।
मतदातालाई फकाउँदै सुहाङसहित उम्मेदवार
आइतबार हाट भर्न इलाम आइपुग्नुभएकी फाकफोकथुम –६ एकतप्पाकी ७३ वर्षीया कृष्णमाया मगरलाई यस पटक सुहाङ नेम्वाङ भेट्ने रहर थियो । ‘भोट त पहिला देखि नै सूर्यमा हालेको, सुबासले त गाउँमा धेरै काम गरे । सरकारले वृद्ध भत्ता दियो । अहिलेसम्म खान पाइएको छ’ मगरले भन्नुभयो, ‘अहिले छोरा आएको सुनेको थिएँ, आज भेट्न पाइयो ।’
सहिद भीमनारायण गोल्डकप वैशाखमा
१६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ ।
माओवादीका तीन मन्त्रीद्वारा राजीनामा
कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का तीन जना मन्त्रीले पदबाट राजीनामा गर्नुभएको छ ।
कोशी सरकारबाट माओवादी केन्द्र फिर्ता हुने
कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवत सोमबारै मन्त्रीहरूले पदबाट राजीनामा गर्ने तयारी छ ।
डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आह्वान गरेको छ ।
शैक्षिक सत्र सुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक
कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीहरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् ।
कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ मा पाँचजना मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये पाँचजना मात्र उत्तीर्ण भएका हुन् ।
सिङ्गो गाउँको एउटै खलाे
मानेभञ्ज्याङ गाउँपालिका ८ राघवपुर छाप गाउँको बिचमा एउटा खलाे छ । धान, गहुँ, कोदो, भटमासलगायत दाल तथा अन्न कुट्न झार्नका लागि जमिनलाई सम्याएर बनाइएको ठाउँलाई खलाे भनिन्छ ।
रैथाने बाली प्रवर्धन गर्न मेसिन वितरण
जिल्लामा रैथाने बाली हराउँदै गएपछि कृषि ज्ञान केन्द्र सुनसरीले रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको वराहक्षेत्र नगरपालिका–१, चियाबारीमा रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेको हो ।
सिँचाइमा विद्युतीकरण थालिएको छ
कोशी प्रदेश अन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये देवानगन्ज गाउँपालिका पनि एक हो । यस गाउँपालिका अन्तर्गत सात वटा वडा छन् । गाउँपालिकामा मेहता (कुशवाहा), यादव, मुसलमान, गडेरी, मुसहर, उराँव,
उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित
इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राख्नुभयो ।
पारिपात्लेमा घर जलेर नष्ट
धनकुटा नगरपालिका १० स्थित पारिपात्लेमा रहेको एक घरमा आइतबार आगलागी हुँदा जलेर नष्ट भएको छ । पीडित परिवारलाई धनकुटा नगरपालिका, रेडक्रसलगायतका संस्थाले राहत सहयोग प्रदान गरेका छन् ।
पाँचथरमा लिम्बू समुदायबाट निर्वाचित जनप्रतिनिधिको सम्मान
पाँचथर जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित लिम्बू समुदायका दश जना जनप्रतिनिधिलाई सामूहिक रूपमा सम्मान गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई फिदिममा सम्मान गरिएको हो।
विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई
मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो ।
पाथीभरामा भक्तजनको भीड
ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्न शनिबार मन्दिर परिसरमा भक्तजनहरुको भीड।
इलाम उपनिर्वाचन : नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो उपनिर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
रायो खेतीमा व्यस्त मजुवा (फोटो फिचर)
धनकुटाको छथर जोपाटी गाउँपालिका ६ स्थित मुजवा गाउँका कृषक अहिले रायो खेतीमा व्यस्त छन्। केही महिना पहिले बारीमा लगाएको रायो अहिले आम्दानी लिने चरणमा छ। यो क्षेत्रका कृषक अहिले दैनिक रायो टिप्ने पानी लगाउन तथा बिक्री वितरण गर्ने कार्यमा व्यस्त हुने गरेका छन् ।
पोल्ट्रीफार्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु
धनकुटामा लेदोले भरिएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका –१० मार्गास्थित बिजय पोल्ट्रीफार्मले फोहोर फाल्न बनाएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको हो ।