सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरूक हुनुपर्ने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
सरकार-निजी क्षेत्र साझेदारीमा जोड
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी-व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चार जना स्रष्टा सम्मानित
समथिङ फाउण्डेसनले चार जना साहित्यकारलाई सम्मान सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई हुनुहुन्छ ।
सीमामा हुने अवैध ओसारपसारलाई नियन्त्रण गर्न अर्थमन्त्री महतको निर्देशन
सङ्घीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व सङ्कलन लक्ष्य पुरा गर्न सीमा क्षेत्रमा हुने अवैध ओसारपसारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न निर्देशन दिनुभएको छ। उहाँले सो निर्देशन दिए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाले सीमा सहजीकरण समितिको बैठक बोलाएर सीमामा कडाइ गरिने बताइएको छ ।
झण्डै दुई करोड नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ
सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
बालबालिकालाई पोसाक वितरण
सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बुढासुब्बा आधारभूत विद्यालयका बालबालिकालाई पोसाक वितरण गरिएको छ । पूर्व कृषि राज्यमन्त्री लक्ष्मण मेहताले विद्यालयमा अध्ययनरत ११० जना बालबालिकालाई पोसाक वितरण गर्नुभएको हो ।
विद्युत पोलको भाडा लिने नगरपालिकाको निर्णय
दमक नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोलहरू र विद्युत ट्रान्स्फर राखेको बापतमा भाडा लिने निर्णय गरेको छ । दमक विद्युत प्राधिरकणले महसुल नतिरेको भन्दै दमकका सडक बत्तीहरू धमाधम काट्न थालेपछि नगरपालिकाले भाडा लिने निर्णय गरेको हो ।
स्वादिष्ट परिकार बनाउँदै–बेच्दै विद्यार्थी
खोटाङमा रैथाने बाली कोदोबाट स्वादिष्ट परिकार बनाएर विद्यार्थीले आम्दानी गर्न थालेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनका विद्यार्थीले कोदोको पिठोको मःम, बिस्कुट लगायतका स्वादिष्ट परिकार बनाएर विक्री गर्न थालेका छन् ।
कार्य सम्पादनमा वराहक्षेत्र नगरपालिका उत्कृष्ट
सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाका पालिकाहरूमध्ये पहिलो स्थान प्राप्त गरेको छ । जिल्लाका १२ वटा पालिकाहरूमध्ये वराहक्षेत्र नगरपालिकाले सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको हो ।
अलपत्र बन्यो बहुआयामिक सङ्ग्रहालय
हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरूको दाबी छ ।
म हर्क साम्पाङको प्रशंसक हुँ: शिक्षामन्त्री राई
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आफू धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)को प्रशंसक रहेको बताउनु भएको छ । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्रिय कृषि तथा खाद्य प्रविधि योजना उन्मुख कार्यशाला’ स्थापना गर्ने कार्यक्रममा बोल्दै शिक्षा मन्त्री राईले नगर प्रमुख राईको प्रशंसक रहेको बताउनुभयो ।
घोषणापत्रकै आधारमा काम गरिरहेका छौँ
सङ्खुवासभाका पाँच गाउँपालिका र पाँच नगरपालिकामध्ये सभापोखरी नगरपालिकामा साबिकका धुपु, बाह्रबिसे र सभापोखरी गाउँ विकास समितिलाई समेटिएको छ । छ वटा वडा रहेको पालिका
आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित
बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ । बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो ।
अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ ।
ताप्लेजुङमा ल्याइयो मुर्रा राँगा
हिमाली जिल्ला ताप्लेजुङमा उन्नत जातको मुर्रा राँगा ल्याइएको छ। जिल्लामै पहिलोपटक यहाँको मैवाखोला गाउँपालिकाले उन्नत जातको मुर्रा राँगा (भैँसी) ल्याएको हो।
संविधान निर्माणमा बुढाथोकीको योगदान उच्च : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ।
कारागारलाई सिकाइ केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की
जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित ‘डबल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गर्दै उहाँले यहाँबाट सिकेको ज्ञान र सीपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिनुभयो ।
कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई
कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा सञ्चालित प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम सेटमा दमक र षडानन्दले १७–१७ अङ्क बनाएका थिए ।
टिपरको ठक्करबाट पौडेलको मृत्यु
झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिवार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
सगरमाथामा मलमूत्र छाड्न नपाइने
सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।
यो देश हात्ती र बाँदरको पनि हो : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हामी जे बोल्छाँै त्यो पूरा गरौं र पूरा गर्ने मात्र बोल्नु पर्ने बताउनु भएको छ ।
दमारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित चानुवा माविको खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड सुरुभएको छ । यहाँ जिल्ला स्तरीय चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।
शाखाप्रमुख हाङ्सारुम्बाको निधन
पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास
सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ ।