• १२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश सभाको अधिवेशन आव्हान

blog

विराटनगर, चैत २८ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए ।

सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम वि.सं.२०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेश सभा हल विराटनगरमा अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । रासस