• १२ मंसिर २०८१, बुधबार

राष्ट्रपति पौडेल आज सुनसरी आउनु हुँदै

blog

बाबुराम कार्की 

वराहक्षेत्र, चैत्र २७ गते । राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार बिहान (आज) सुनसरी आउने हुनुभएको छ । राष्ट्रपति पौडेल सुनसरीको वराहक्षेत्रको चतरामा आजदेखि एक महिनासम्म लाग्ने बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्न सुनसरी आउने हुनुभएको हो । 

वराहक्षेत्र वडा नम्बर १ कुम्भ नगरी चतरामा बिहान ११ः५० बजे हुने उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कुम्भको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको एक मात्र स्थानमा लाग्ने कुम्भ मेला स्थलमा राष्ट्रपति पौडेलले पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

आजै राष्ट्रपति रामचन्द्र पौडेलले कुम्भ नगरी चतरामा रहेको श्रीराधासर्वेश्वर मन्दिरमा पूजा अर्चना गर्ने र जगद्गुरु पीठको मलद्वारमा रहेको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको जनाइएको छ  साथै आचार्य श्रीखेमराज केशव शरण स्मृति भवनको समुद्घाटन कार्यक्रम समेत रहेको छ । राष्ट्रपति पौडेलले कुम्भ स्थल क्षेत्रमा पञ्च कुण्डको परिक्रमा तथा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।    

बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटनसँगै राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आज चैत २७ गतेदेखि सुरु भएर आगामी वैशाख २८ गतेसम्म धार्मिक मेला लाग्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलाई नागरिकका तर्फबाट अभिनन्दन पत्रद्वारा नागरिक अभिनन्दन गरिने भएको छ । अभिनन्दन गर्दै राष्ट्रपतिलाई भव्य स्वागत गरिने वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।