चिया उद्योगलाई अर्गानिक प्रमाणीकरणमा सहयोग
पछिल्लो समय चियाको अन्तर्राष्ट्रिय बजार निकै उत्साहजनक पाइए पनि अर्गानिक प्रमाणीकरण भने उद्योगी र किसानका लागि गलपासो बन्नेगरेको छ । आफ्नो उत्पादन विदेश निर्यातका लागि अनिवार्यजस्तै बनेको अर्गानिक प्रमाणीकरण खर्चिलो र बाध्यात्मक पनि छ ।
ताप्लेजुङमा बाढीपहिरोका कारण १३ घरमा पूर्ण क्षति
बाढीपहिरोका कारण ताप्लेजुङमा मङ्गलबारसम्म १३ घर पूर्णरुपमा क्षति पुगेको छ । गत बिहीबारदेखि सुरु भएको वर्षासँगै गएको बाढीपहिरोले जिल्लाका विभिन्न क्षेत्रमा दर्जन बढी घर बगाएको हो ।
बाढीबाट पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुग्यो
असार २ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुगेको छ ।
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध
सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो ।
फिदिममा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
पाँचथर सदरमुकाम फिदिममा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय पाँचथर र पतञ्जलि योग समितिले बुधबार संयुक्त रूपमा यो दिवस मनाइएको हो ।
धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पदमार्गको उद्घाटन
धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्गको उद्घाटन गरिएको छ । पूर्वको रमणीय स्थलमध्ये साँगुरीगढी पनि एक हो । यहाँबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा लगायत पहाडी क्षेत्रका बासिन्दाहरू पहाड, मधेश आवतजावत गर्ने गन्तव्य रहेको थियो ।
श्रीलङ्का टापुमा कटान तीव्र
सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुर जिल्लाको बिचमा पर्ने श्रीलङ्का टापुमा कटान तीव्र बनाएको छ। सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलङ्का टापुमा मङ्गलबार अपराह्नबाट कटान तीव्र बनेको हो। वराहक्षेत्र–६, शिबाइ टोलकी शान्ति चन्द्रवंशीले नदीमा अपराह्नबाट तीव्र बहावसँगै आएको बाढीले शिबाइ टोल अगाडिको क्षेत्र कटान गरिरहेको बताउनुभयो। बेलका–८ अन्तर्गत पर्ने अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केही माथिबाट पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले जानकारी दिनुभयो।
कोशी राजमार्ग अवरुद्ध
उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका सडकखण्ड अवरुद्ध भएको छ। सोमबार साँझ परेको पानीले बाटो बगाएपछि यातायात अवरुद्ध भएको हो। मुख्य गरी मकालु गाउँपालिकाको देउराली, नुम बजार छेउ, फ्याक्सिन्दा दोभान पारी, सामाटारलगायतका ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो र बाढीको कारण ठाउँ ठाउँमा बाटो भत्किएपछि जिल्लाको उत्तरी क्षेत्रतर्फ जाने सवारीसाधन सञ्चालन हुन सकेको छैन। यस सडक मार्फत मकालु गाउँपालिका र भोट खोलाका बासिन्दा आवतजावत गर्ने गर्दछन्।
चिया बिक्री नहुँदा किसान मर्कामा
धनकुटा पाख्रीबासका चिया कृषक गोविन्द थापाले चिया खेती सुरु गरेको करिब २५ वर्ष भएको छ । २०५५ सालबाट सुरु गरेको चिया खेती २०७० सालसम्म विस्तार गर्दै बित्यो । त्यो बेला चियामा राम्रो भविष्य देखेर सुरु गरेको चिया खेती उहाँलाई निल्नु न ओकल्नु बनेको छ । अहिले उहाँको चिया बिक्री नहुँदा समस्या भएको हो । चिया बारीभरि छ तर टिप्ने जनशक्ति छैन, नटिपे चिया बिक्दैन । त्यसैले त उहाँलाई चिया बेच्न निकै मुस्किल भएको छ । “चियाको प्लटिङ गर्ने, छाँटकाँट गर्ने कार्य बन्द हुँदा चिया झाडीमा परिणत हुँदै गएको छ,” थापा भन्नुहुन्छ ।
बाढीपहिरोले सात लघुजलविद्युत गृह बगाएपछि अन्धकारमा बस्न बाध्य
ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन् ।
कोटा प्रणालीमा रासायनिक मल वितरण
इलामका आठ स्थानीय पालिकालाई अनुदानमा प्राप्त रासायनिक मलको कोटा निर्धारण गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बिर्तामोडले इलामका लागि गत जेठ २१ गते दुई हजार तीन सय बोरा रासायनिक (युरिया) मल छुट्याएको हो ।
हेवा खोलामा बेलिब्रिज निर्माण सुरु
असार २ गते मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि तत्काल बेलिब्रिज निर्माण कार्य सुरु भएको हो।
चार लाख घुस रकमसहित सडक विभागका तीन कर्मचारी पक्राउ
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।
व्यावसायिक कृषिमा आकर्षण
भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो ।
सडक कालोपत्रे भएपछि मुहार फेरियो
सडक चौडा बनाएर कालोपत्रे गरिएपछि सदरमुकाम गाईघाटस्थित बोक्से क्षेत्रको मुहारै फेरिएको छ। जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयको बिचबाट जाने गाईघाट–दिक्तेल सडक अन्तर्गत पुरानो आँखा अस्पतालदेखि बरुवा पुलसम्मको चार किलोमिटर क्षेत्रमा कालोपत्रेसहित सडक चौडा पारिएपछि सो क्षेत्रको मुहार फेरिएको हो।
हेलिकप्टरमार्फत उद्धार गरिएका घाइतेलाई अस्पताल पुर्याइयो
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परी घाइते भएका राजकुमार राईलाई दुई दिनपछि अस्पताल पुर्याइएको छ ।
बाढी पहिरो पीडितको उद्धार जारी
असार २ गते राती परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोबाट पीडितको नेपाली सेनाको खोज तथा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ ।
आन्तरिक उत्पादन प्रवर्द्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा.महत
आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभएको छ ।
बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बाढीपहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ ।
झापामा एक कैदीबन्दीको मृत्यु
झापामा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –६ निवासी २८ वर्षीय ‘दीपेन्द्र’ भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।
उमेर नपुगी बच्चा जन्माउने आमा र शिशुको ज्यान जोखिममा
पाँचथर फालेलुङ गाउँपालिका –४ कि कोपिला लिम्बूको १४ वर्षकै उमेरमा प्रेम विवाह भयो । विवाह भएको सात महिना नपुग्दै उहाँलाई सुत्केरी व्यथा लाग्यो । महिना नपुगी जन्मेको बच्चाको तौल ९ सय ग्राम मात्र थियो । जन्मेको १२ घण्टा नबित्दै पाँचथर अस्पतालमा शिशुको ज्यान गयो ।
ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण
बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न सङ्खुवासभाबाट ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
बेपत्ताहरूको खोजी कार्यमा जुट्न सबै सरकारी संयन्त्रलाई निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लामा आइपुग्नु भएको छ । उहाँले सङ्खुवासभाको तुम्लिङटारमा ओर्लेर पत्रकारहरूसँग संक्षिप्त कुराकानी पनि गर्नुभएको छ ।
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच सहमति बनेन
कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्तामा सहमति बन्न सकेन । आज बिहानबाट प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा भएको वार्ता करिब ५ घण्टा चले पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेताहरूको भनाइ छ ।