चिया निर्यातमा भारतीय अवरोध हट्यो
भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । वि.सं.२०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।
धनकुटाको कोसेली नरिवल बिस्कुट
के तपाई धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीकोरुपमा लैजान पनि सक्नुहुन्छ ।
इलाम उपनिर्वाचन : अन्तिम प्रचार-प्रसारमा दल र उम्मेदवार
वैशाख १५ को उपनिर्वाचन आउन अब तीन दिनमात्र बाँकी छ। निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारको बुधबार प्रचार-प्रसारको अन्तिम दिन हो। राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुँदैछ।
उपनिर्वाचनका लागि सीमा नाका बन्द
इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले भरे राति १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गते राति १२ बजेसम्म सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा नियन्त्रण
ताप्लेजुङस्थित पवित्र साथै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्र जाँदै गरेको सवारी जाँच गर्ने क्रममा मदिरा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुधवार बिहान झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
आजदेखि पूर्वी नेपालको सीमानाका बन्द
झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् ।
धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
पूर्वको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित अर्जुनधारा नगरपालिका-७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।
भोजपुर गोल्ड कप : सलहेश सेमिफाइनलमा
सलहेश युवा क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
याङमामा स्वास्थ्य इकाई स्थापना
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मामा बाल विकास केन्द्र र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।
नरसिंहमा आगलागी, १५ घर जलेर नष्ट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जको शिशौ टोलमा भीषण आगलागी भएको छ । स्थानीय रामदेव मेहताको परालबाट सल्केको आगोले १५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
माओवादी केन्द्रले सुदृढीकरण अभियान चलाउने
नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादीले दुई महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको हो ।
चार महिनापछि इलाका प्रशासनबाट सेवा सुचारु
कर्मचारी अभावले बन्द भएको खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारबाट चार महिनापछि सेवा सुरु भएको छ । गृह मन्त्रालयले कर्मचारी खटाएसँगै सोमबारबाट नागरिकता जारी लगायतका सेवा पुनः सुरु भएको हो ।
मतदान केन्द्रमा पठाइयो कर्मचारी
इलाम–२ को उपनिर्वाचन आउन चार दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ ।
प्रशान्तलाई मिनी म्याराथन उपाधि
झापाको कनकाई नगरपालिकामा लियो क्लब अफ कनकाई सुरुङ्गाले आयोजना गरेको मिनी म्याराथनको उपाधि धरानका प्रशान्त तामाङले जित्नुभएको छ ।
चियाको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह
नेपाल–भारत सिमाना झापाको काँकडभिट्टा–पानीट्यांकीमा नेपाली चिया रोकिएपछि इलामका चिया उद्योगीले चियाको समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् ।
फर्सीबाट राम्रो आम्दानी
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहताको दैनिकी फर्सी खेत र फर्सी बिक्री वितरणमा बित्ने गरेको छ ।
जलेश्वरलाई मटिहानी मेयर कप उपाधि
प्रथम मटिहानी मेयर कप फुटबल प्रतियोगिताको उपाधि जलेश्वर फुटबल क्लबले उचालेको छ । मटिहानी नगरपालिकास्थित मटिहानी रङ्गशालामा सोमबार अबेर सम्पन्न फाइनल खेलमा जलेश्वरले एभरेष्ट एकेडेमी फुटबल क्लब सर्लाहीलाई पेनाल्टीमा ४–१ गोलले हरायो ।
महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न
प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पूर्ण महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न भएको छ ।
अलौमा सात घर जले, करिब ५४ लाखको क्षति
वीरगन्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगन्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगन्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताउनुभयो ।
नाम विवादले बन्न सकेन सुनकोशीमा पुल
दुई जिल्लाको विवादका कारण खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमा पक्की पुल बन्न सकेको छैन । योजनाको नामको विषयमा विवाद हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा र उदयपुरको
घाँटीको सिक्री लुटेर भाग्ने राजवंशी पक्राउ
घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ः२५ बजे झापा मेचीनगर नगरपालिका वडा नम्बर १३ पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेकी सरे डाँगी बस्ने २१ वर्षीया रचना आङदाम्वेको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटेर भागेपछि मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलिबारी बस्ने ३९ वर्षीय दिवस राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
भोजपुर गोल्ड कप : भगवती स्पोर्ट्सको विजयी सुरुवात
भगवती स्पोर्ट्स क्लब खोटाङले सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।