• २२ वैशाख २०८१, शनिबार

प्रशान्तलाई मिनी म्याराथन उपाधि

blog

उपाधि विजेता खेलाडी ।

लीलाराज खड्का 

बिर्तामोड, वैशाख ११ गते । झापाको कनकाई नगरपालिकामा लियो क्लब अफ कनकाई सुरुङ्गाले आयोजना गरेको मिनी म्याराथनको उपाधि धरानका प्रशान्त तामाङले जित्नुभएको छ ।   

मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै कनकाई सुरुङ्गामा लियो क्लबले पहिलो पटक मिनी म्याराथन आयोजना गरेको हो । सुरुङ्गा चोकबाट दक्षिण टप्पु चोक, चारआली, गोहिखाडी हुँदै पुन सुरुङ्गा चोकसम्मको सात किलोमिटर दुरीको दौडमा ५४ जनाको सहभागिता रहेको थियो ।

दौडमा धरानका १९ वर्षीय प्रशान्तले जित्दै २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । दमकका २० वर्षीय सरोज सिङ्ग दोस्रो हुनुभयो । उहाँले १० हजार र बिर्तामोडका सुख देव टुड र शिव कार्की तेस्रो हुनुभयो । तेस्रोलाई पाँच हजार रुपियाँ प्रदान गरियो । 

विजेतालाई कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, लायन्स ३२५ सी का द्वितीय डिस्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरियाले पुरस्कार प्रदान गर्नुभयो ।