• १० मंसिर २०८१, सोमबार

उपनिर्वाचनका लागि सीमा नाका बन्द

blog

नेपाल–भारत सीमा नाका इलामको पशुपतिनगरमा नेपालतर्फको प्रवेशद्वार । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, वैशाख १२ गते  ।
 इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले भरे राति १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गते राति १२ बजेसम्म सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । नाका बन्द भएपछि नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल–भारत आवतजावत गर्न बन्द भएको छ ।

निर्वाचनका दिन सवारी साधन सञ्चालनका विषयमा भने निर्णय भई नसकेको प्रजिअ यादवले बताउनुभयो । ‘‘भोलि (बिहीबार) सर्वदलीय बैठक राखेका छौँ । सर्वदलीय बैठकले निर्वाचनका दिन सवारी चलाउने अथवा बन्द गर्ने जे निर्णय गर्छ त्यही अनुसार हामी अघि बढ्ने छौँ ।’’ यादवले भन्नुभयो ।

यसैबिच, भारतमा वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय पक्षबाट हिजो (मङ्गलबार) बेलुका देखिनै नाका बन्द भएको जनाइएको छ ।