कम्बाईन हार्वेस्टरको प्रयोगले किसानलाई सहज
कृषि मजदुर अभाव भएपछि आधुनिक कृषि औजारहरू प्रयोग गर्दा किसानहरूलाई राहत मिल्ने गरेको छ । यस्ता भाडा पाइने कृषि औजार तथा उपकरणको मूल्य नतोकिँदा र अनुगमन नहुँदा भने किसानहरूले जति भन्यो त्यति पैसा तिर्न बाध्य पनि छन् ।
‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न खोप
झापाको दमकमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि दमक नगरपालिकाले पशु स्वास्थ्यकर्मीहरूलाई खोप सहित किसानको गोठगोठमा खटाएको छ। ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो ।
सात वर्षमा दुई वटा मात्रै पिल्लर !
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा पुल निर्माणका लागि ठेक्का लागेको सात वर्ष भयो । ठेक्का सम्झौता अनुसार पुल निर्माण भएको भए यति बेला पक्की पुलबाट सवारीसाधन वारपार गर्ने थिए तर हालसम्म धाप्लाङघाटमा नदीको दुई किनारमा पिल्लर ठड्याइएको छ र चार वटा वेल फाउन्डेसन उठाउनुपर्नेमा एउटा मात्र फाउन्डेसन उठाइएको छ ।
गोलभेँडा बारीमै
उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहाँले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् ।
तरकारी खेतीबाट युवाले गरे लाखौं आम्दानी
देशभरबाट युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका बेला सुनसरीका युवाहरूले भने उदाहरणीय काम गरेर स्वदेशमै मनग्य कमाउँदै आएका छन् ।
भद्रपुर नगरपालिकामा आफ्नै पाठ्यक्रम
झापाको भद्रपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारेर यसै शैक्षिक सत्रबाट नगरपालिकाभित्रमा लागु गरेको छ ।
म्याद सकिन लागेपछि पुलको काम सुरु
खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने बंशिलाघाटस्थित सुनकोसी नदीमा म्याद सकिन लाग्दा पुल निर्माणको काम सुरु भएको छ ।
भूमिहीन परिवारलाई लालपुर्जा वितरण
इलामको चुलाचुली गाउँपालिकामा रहेका अव्यवस्थित बसोबास गर्ने २४ परिवार भूमिहीनहरूले बुधबार जग्गाको लालपुर्जा प्राप्त गरेका छन् ।
ठुला योजनामा बजेट केन्द्रित गर्ने स्थानीय तहको निर्णय
ताप्लेजुङका स्थानीय तहले परिणाम देखिनेगरी ठुला योजनाहरूमा बजेट केन्द्रित गर्ने भएका छन् । वितरणमुखी योजनाका कारण परिणाम नआएको र गरेको कामले कुनै परिवर्तन नल्याएको भन्दै स्थानीय तहले ठुला योजनामा बजेट केन्द्रित गर्ने जनाएको हो ।
शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड सराउद्दिन जेभिले २०७१ सालमा ठेक्का पाई काम सुरु गरेको थियो।
दमक नगरपालिकालाई भलिबल उपाधि
दक्षिणी झापाको कचनकवल गाउँपालिकामा आयोजित झापा जिल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र) ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
खानेपानी योजना कार्यान्वयन गर्न सम्झौता
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा खानेपानी योजना कार्यान्वयन गर्न भर्खरै मात्र योजनाको सम्झौता गरिएको छ । मिक्वाखोला गाउँपालिका–१ खोक्लिङस्थित थुम्माखोला–रोटिपोले वृहत् खानेपानी आयोजनाको सम्झौता गरिएको हो ।
सम्झनामा सीमित बन्यो लालीखर्क
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क ट्रेनिङ क्याम्प पनि हो ।
बगर खेतीबाट मनग्गे आम्दानी
धनकुटाको चौबिसे गाउँपालिकास्थित तमोर नदीको किनारमा थुप्रिएको बालुवामा तरकारी खेती गरी मनग्गे आम्दानी भएको छ ।
आरोहणमा कर्मा गेल्जेनको नयाँ रेकर्ड
पर्वतारोहणमा बर्सेनि नयाँ नयाँ विश्व कीर्तिमान बन्ने गरेका छन् । यस वर्ष मात्र दर्जन बढी नयाँ कीर्तिमान बनेका छन् । यी मध्येमा एक हो आठ दिनमा दुई पटक सगरमाथाको सफल आरोहण ।
बेँसीगाउँदेखि भालुखोला चिपटार सडक निर्माण सुरु
घुर्मी चतरा कोशी कोरिडोर अन्तर्गत उदयपुरको कटारी नगरपालिका वडा नं.–१० स्थित राम्चे बेँसीगाउँदेखि भालुखोला चिपटारसम्म मोटरेबल सडकको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास कार्यालय उदयपुरको एक करोड ७२ लाख रुपियाँको लागतमा बेँसीगाउँ भालुखोला सडकको ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको र आउँदो असार २० गतेभित्र निर्माण कम्पनीले सो खण्डमा करिब सात किलोमिटर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न गर्ने गरी काम गरिरहेको पूर्वाधार विकास कार्यालय गाईघाटले जनाएको छ।
उत्कृष्ट विद्यार्थी र शिक्षक पुरस्कृत
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
ब्राउन सुगरसहित तीन पक्राउ
इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
फस्टाउन सकेन माछापालन व्यवसाय
धनकुटामा स्थानीय स्तरमा उत्पादित माछाको बजारमा प्रशस्त माग छ । खोलाको बगर आसपास अन्य बाली नलाग्ने ठाउँमा पोखरी बनाएर माछापालन गरिएको छ ।
अग्नि नियन्त्रण सामग्री वितरण
विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ ।
१३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता
उदयपुरको त्रियुगा नगरपालिका –१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् ।
वातावरण दिवसमा वृक्षारोपण
‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ नाराका साथ धनकुटामा वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८० मनाइएको छ ।
विश्व वातावरण दिवस मनाइयो
'प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ 'भन्ने विश्वव्यापी नाराका साथ धनकुटामा वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८० भव्य रूपमा मनाइएको छ ।