इलाममा ‘अन्तु पर्यटन महोत्सव’
स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव-२०८१’ को आयोजना हुने भएको हो ।
किच्चकवधमा भेटियो दरबारको ऐतिहासिक भग्नावशेष
झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकवधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो ।
अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न पहल
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा प्रवेशद्वार अघि रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न पहल सुरु गरिएको छ ।
इलाममा चियाको पहिलो टिपाइ सुरु
चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा ‘फस्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइको काम सुरु भएको छ । वर्षेभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीहरूले विशेष महत्वका साथ लिने गरेका छन् ।
नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु
ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साताअघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको हो ।
डोकोमा बोकेर पाठ्यपुस्तक लगिँदै
नयाँ शैक्षिकसत्रका लागि सामुदायिक विद्यालयहरुको पाठ्यपुस्तक ताप्लेजुङमा वितरण सुरु भएसँगै पाठ्यपुस्तक डोकोमा बाकेर गाउँ लैजाँदै विक्रेता
चिया नीतिमा जोड
चिया क्षेत्रमा देखिएको समस्या समाधानका लागि कोशी प्रदेशमै चिया नीति बनाउन र यसको केन्द्र्रीय कार्यालयसमेत प्रदेशमै राख्न यहाँस्थित सरोकारवालाले माग गरेका छन् । बिर्तामोडमा संवाद समूहले आयोजना गरेको प्रादेशिक चिया
तेस्रो हिले उत्सवको तयारी
आगामी चैत्र २३ गतेदेखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । हिलेस्थित खेल मैदानमा उत्सव हुन लागेको हो ।
घर जल्दा १० लाख बराबरको क्षति
गए राति सिद्धिचरण नगरपालिका –६ जन्तरखानीको एक घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छ को मृत्यु
दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।
झापा एमालेको अध्यक्षमा गिरी सर्वसम्मत
नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत हुनुभएको छ । यसअघि गिरी एमाले झापाका कार्यवाहक अध्यक्ष रहनुभएको थियो । यसै गरी अर्का अध्यक्षका प्रत्याशी शिव ढुङ्गेल भने उपाध्यक्ष पदमा सर्वसम्मत हुनु भएको छ । सचिवमा तुलसी कार्की सर्वसम्मत हुनुभएको छ ।
ओखलढुङ्गामा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण
ओखलढुङ्गाको केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गरिएको हो ।
प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र
नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दश बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ ।
कीचकवध उत्खननः भवनको संरचना भेटिएको पुष्टि
भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।
कारागारभित्र कैदी राईको मृत्यु
सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।
ताप्लेजुङको फूलबारीमा घर जल्यो
प्रहरीका अनुसार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा शनिबार दिउँसो एक घर आगलागी भएको हो।
युवाको पलायन रोक्न सरकार गम्भीर हुनुपर्छ : एमाले उपाध्यक्ष थापा
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले युवा जनशक्तिको पलायन रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ।
परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्यो : सभापति लामिछाने
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।
तस्करी र राजश्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ।
दलका कारण सङ्घीयता कार्यान्वयन समस्या : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रमुख राजनीतिक दल र तिनको नेतृत्वले अधिकार प्रत्यायोजन नगर्दा सङ्घीयता कार्यान्वयनमा कठिनाइ भइरहेको बताउनुभएको छ।
अधिकांश उजुरी मेलमिलापबाटै समाधान
झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरूपण भएका छन् ।
दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
जङ्गली हात्तीको आतङ्क
सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली हात्तीको आतङ्क बढेपछि स्थानीय त्रसित बनेका छन् । आरक्षबाट हात्तीको तीन चार वटा सङ्ख्यामा निस्किएपछि कोशी गाउँपालिका ३ र ४ का स्थानीयहरू त्रसित देखिएका हुन् ।
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्षित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।