• ३१ वैशाख २०८१, सोमबार

तस्करी र राजश्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम छ : गृहमन्त्री लामिछाने

blog

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने । फाइल तस्बिर

इलाम, चैत १७ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ। 

शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गर्नुभयो। 

उहाँले आम नागरिकको शान्ति सुरक्षा आफूको चासोको विषय रहेको बताउनुभयो। उहाँले इलाममा लागूऔषधमा निकै ठुलो समस्या र चुनौती रहेको बताउनुभयो। उहाँले इलाममा डरलाग्दो आत्महत्याको तथ्याङ्क आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले स्थानीय र राष्ट्रिय चुनौतीहरूसँग जुध्नको लागि सबै प्रतिबद्ध हुन जरुरी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय गृह मन्त्रालय एकदम निर्मम भएर अघि बढिरहेको छ। कतिपय अवस्थामा धेरै मानिसले थोरै सामान ल्याएर धेरै तस्करी गर्ने पनि चलेको छ।  तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम छ। यो पदबहाल गरेदेखि नै मैले स्पष्ट भनेको छु। आम नागरिकको शान्ति सुरक्षा हाम्रो चासोको विषय हो। लागूऔषधमा निकै ठुलो समस्या र चुनौती यहाँ देखिएको छ। इलाममा डरलाग्दो गरी आत्महत्याको तथ्याङ्क आएको छ। यसको अध्ययन नै गर्नुपर्ने अवस्था देखिएको छ। स्थानीय र राष्ट्रिय चुनौतीहरूसँग जुध्नको लागि हामी प्रतिबद्ध हुनैपर्छ। हामीले आफ्नो राजनीतिको भविष्यको प्रवाह नगरी सिङ्गो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिबद्धताका साथ आएका हौँ।’’

उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिङ्गो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिबद्धताका साथ आफूहरू सरकारमा आएको बताउनुभयो।