• २१ वैशाख २०८१, शुक्रबार

हरिनगरामा झडप, दुई घाइते

blog

सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा भएको झडप । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, चैत २३ गते । सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटानले शुक्रबार बिहानदेखि यहाँ तनाव उत्पन्न भएको छ । झडपमा दुई जना युवा घाइते भएका छन् ।

स्थानीयले घटनाको विरोध र समर्थनमा नाराबाजी र प्रदर्शन गरेपछि विहानैदेखि हरिनगरा –१ र २ रामनगर भुटाहामा दुई पक्षबिच झडप भएको हो । दुई पक्ष एकले अर्कालाई लखेटेपछि  झडपको अवस्था निर्माण भएको स्थानीयको भनाइ छ । 

आन्दोलनरत पक्षले सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेपछि दुई जना घाइते भएका हुन् । झडप हुँदा दुई जना घाइते भएका छन् । मुस्लिम समुदायको ज्यादती भन्दै स्थानीय हिन्दु समुदायका स्थानीयले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ । सो स्थानमा झडप हुन नदिन भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । नेपाल यादव सेवा समिति सुनसरीका महासचिव मनोजकुमार यादवका अनुसार झडपमा घाइते भएकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पठाइएकाे छ ।