हरिप्रसाद कोइराला
उर्लाबारी, चैत २९ गते । भारतबाट दुई वटा साइकलमा लोड गरी मोरङको रतुवामाई –१ सोनापुर तर्फ अवैध रूपमा ल्याउँदै गरेको धानको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी हवलदार युवराज तामाङ घाइते हुनु भएको छ ।
इलाका प्रहरी कार्यालय सिंजुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान ५ बजेतिर भारततर्फ बाट अवैध सामग्री आउँदै गरेको देखेपछि सीमा सुरक्षा गुल्म वरडङ्गाका सशस्त्र प्रहरी हवलदार तामाङले नियन्त्रणको प्रयास गर्नु भएको थियो । सोही बेला रतुवामाई १ बस्ने सदिल मियाँको छोरा सावर मियाँले प्रहरी माथि ढुङ्गा प्रहार गरेको थियो । ढुङ्गा प्रहार गरेर भागेको सावर मियाँको समूह भारत तर्फ लागेको छ । प्रहरी हवलदार तामाङ भने ढुङ्गा लागेर घाइते हुनु भएको छ ।
तामाङ चैत २८ गते साँझ ६ बजे देखि ड्युटीमा हुनुहुन्थ्यो । घटनास्थल गुल्मबाट ६ किलोमिटर दक्षिण पश्चिम रहेको छ ।