• २४ वैशाख २०८१, सोमबार

सुके पोखरी क्षेत्रमा ढकमक्क फुले लालीगुराँस (फोटो फिचर)

blog

पाँचथरको सुके पोखरी र लोहकिल क्षेत्रमा फुलेको लालीगुराँस । तस्बिर: राधा लुइँटेल

राधा लुइँटेल 

फिदिम, चैत २९ गते । पाँचथरको फिदिम नगरपालिका-१४ स्थित सुके पोखरी र लोहकिल क्षेत्र हिजोआज गुराँस ढकमक्क फुलेको छ । यस क्षेत्रमा फुलेका रङ्गी विरङ्गी गुराँसले वन र डाँडापाखा ढकमक्क बनेको हो ।

मेची राजमार्ग अन्तर्गत इलाम फिदिम सडक खण्डमा पर्ने पौवा भन्ज्याङदेखि करिब ५ किलोमिटर कच्ची सडकको यात्रापछि सुके पोखरी क्षेत्र पुग्न सकिन्छ । यस क्षेत्रमा नपुग्दै बाटोमा फुलेका गुराँसले यस क्षेत्रमा आउने जोकोहीको मन आकर्षित गर्छ ।

सुके पोखरी पुगेपछि वनै ढाकेर फुलेका गुराँसको दृश्य हेर्न आजकल पाँचथरसँगै इलाम र झापासम्मका नागरिक आइपुग्ने गरेको स्थानीय हेमन राईले बताउनुभयो । ‘यस क्षेत्रमा गुराँस हेर्न र फोटो भिडियो खिच्न दैनिक २ सय सम्म नागरिक आउने गरेका छन्, बास बस्नेगरी आउने आन्तरिक र बाह्य पर्यटकका लागि स्थानीयले होमस्टे सञ्चालन गरेर खाना बासको सुविधा दिन थालेपछि गुराँस हेर्नेको भीड लाग्न थालेको छ ।