• २६ वैशाख २०८१, बुधबार

रायो खेतीमा व्यस्त मजुवा (फोटो फिचर)

blog

रायो टिप्न व्यस्त कृषक । तस्बिरः कबिराज घिमिरे

कबिराज घिमिरे

हिले, चैत्र २४ गते। धनकुटाको छथर जोपाटी गाउँपालिका-६ स्थित मुजवा गाउँका कृषक अहिले रायो खेतीमा व्यस्त छन्।  केही महिना पहिले बारीमा लगाएको रायो अहिले आम्दानी लिने चरणमा छ। यो क्षेत्रका कृषक अहिले दैनिक रायो टिप्ने पानी लगाउन तथा बिक्री वितरण गर्ने कार्यमा व्यस्त हुने गरेका छन् । 

मजुवामा करिब तीन सय परिवारको बसोबास गर्छ। तीन सय परिवारमध्ये करिब ९० प्रतिशतले रायो सागको खेती गर्ने गरेका छन्। 

राम्रो आम्दानी, मिहेनत कम र बजारको समस्या भएकाले र सागको राम्रो उत्पादन भएकाले साग खेतीलाई निरन्तरता दिँदै आएका छन्। करिब तीन रोपनी क्षेत्रफलबाट एक सिजनमा दुई लाख ५० हजारसम्म कमाइ हुने गरेको भद्रबहादुर विष्ट बताउनुहुन्छ। बजारको समस्या नहुने भएपछि करिब तीन दशकयता यो क्षेत्रका बासिन्दा खेतीमा आकर्षित छन्। 


मजुवामा मात्र नभई धनकुटामा पछिल्लो समय रायो खेती बढेको छ। आर्थिक वर्ष २०७९/०८० सम्मको तथ्याङ्क अनुसार जिल्लामा ३२६ हेक्टर क्षेत्रफलबाट ३८६३ मेट्रिक टन रायो साग उत्पादन हुँदै आएको छ। उत्पादनको आधारमा कोशी प्रदेशमा सबै भन्दा बढी रायो साग उत्पादन धनकुटामा हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको दाबी छ। 

धनकुटा नगरपालिका, पाख्रिवास, महालक्ष्मी र साँगुरीगढी गाउँपालिकामा रायो खेती हुने गरेको छ।