• १० पुस २०८१, बुधबार

नवजात शिशुको शव फेला

blog

कबिराज घिमिरे
हिले, चैत्र १९ गते ।
धनकुटाको महालक्ष्मी नगरपालिकामा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । महालक्ष्मी नगरपालिका–९ सिद्धकाली टोलमा सिधुवा जितपुर सडकखण्ड नजिकै करिब ४ महिनाको शिशुको शव फेला परेको हो ।

स्थानीय शव देखेपछि प्रहरीचौकी जितपुरलाई जानकारी गराएका थिए । फेला परेको शवलाई जिल्ला ल्याएर पोस्टमार्टम गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले जानकारी दिनुभयो ।