• १२ साउन २०८१, शनिबार

साहित्यकार सुवेदीको परिवारलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश

blog

राष्ट्रपतिले पठाउनुभएको समवेदना सन्देश सुवेदी परिवारलाई प्रदान गर्नुहुँदै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई ।

काठमाडौं, चैत २० गते। राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार तथा समालोचक स्वर्गीय दधिराज सुवेदीको परिवारप्रति समवेदना दिनुभएको छ। 

मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेम भट्टराईले राष्ट्रपतिले पठाउनुभएको समवेदना सन्देश परिवारलाई हस्तान्तरण गर्नुभएको हो।

राष्ट्रपतिको श्रद्धाञ्जली र समवेदना सन्देशमा भनिएको छ, ‘‘स्वर्गीय सुवेदीको आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’ 

  

यो पनि पढ्नुहोस

वरिष्ठ साहित्यकार सुवेदीको निधन