• २६ मङ्सिर २०८२, शुक्रबार

नेपाली कांग्रेस बाँकेद्वारा राष्ट्रियसभाका लागि १७ जनाको नाम सिफारिस

blog

फाइल तस्बिर

सिराज खान

नेपालगन्ज, मङ्सिर २६ गते। नेपाली कांग्रेसले बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १७ जनाको नाम सिफारिस गरेको छ। 

नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर एक बाट तीन जना, क्षेत्र नम्बर दुई बाट नौ जना र क्षेत्र नम्बर तीन बाट पाँच जना गरेर १७ जनाको नाम सिफारिस भएको छ। 

उहाँका अनुसार राष्ट्रिय सभाका लागि नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर एक बाट बलराम शर्मा, लुटबहादुर खत्री र रामचन्द्र मौर्यको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर दुई बाट निरन्जन सिंह सिजापति, मेराज अहमद हल्वाइ, सीता काफ्ले, नारायणी रुपाखेती, पुष्पा शुक्ला, अमृतकुमार आचार्य, बन्दना सिंह, बालकृष्ण सुवेदी र ध्रुव दाहालको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर तीन बाट राष्ट्रियसभामा जगदम्बा पाठक, हरिभक्त उप्रेती, केशबहादुर शाह, हरिप्रसाद ढुगाना र शेरबहादुर गुरूङको नाम सिफारिस गरिएको सचिव कोइरालाले बताउनुभयो। 

यसअघि बाँके जिल्लाबाट प्रतिनिधिसभाका लागि पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल र पार्टीका सहमहामन्त्री किशोर सिंह राठौरसहित २० जनाको नाम नेपाली कांग्रेसले सिफारिस गरेको थियो।