सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), मंसिर २६ गते। धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजना पुरुष बेपत्ता भएका हुन् ।
धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमारी थापा क्षेत्रीका अनुसार नाम थर नखुलेको मंगोलियनजस्तो देखिने पुरुष नदीमा हाम फाली बगाइरहेको स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थाहा पाउनासाथ प्रहरी चौकी मुलघाट धनकुटाबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको कमाण्डमा चार जनाको टोली र सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन सुरक्षा बेस मुलघाटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सबिन राईको कमाण्डमा ७ जनाको टोली र स्थानीयबासी समेतमा खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ ।
नदीमा हाम फाल्ने ब्यक्ति कहाँ को हो ? आफन्तको खोजी र के कति कारणले हाम फालेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।