शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २५ गते। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा (उत्तरी प्रदेश, एनटी)मा पहिलो पटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुनुभएको छ। ३० वर्षीय पौडेल आधिकारिक रुपमा अस्ट्रेलियाको नर्थन टेरिटोरी बारमा दर्ता हुनुभएको हो।
पौडेलले करियरको सुरुवात प्रशासनिक सहायकका रूपमा गर्नुभएको हो। उहाँ कानुनी संस्थामा कानुन सहायकका रूपमा काम गर्दै अहिले औपचारिक रूपमा वकिल बन्न सफल बन्नुभएको हो।
पौडेल भन्नुहुन्छ, “यो केवल मेरो उपलब्धि होइन, यहाँका नेपाली समुदायको गौरव हो। अस्ट्रेलियाले अवसर दिन्छ, केवल आत्मविश्वास छाड्नु हुँदैन रहेछ।”
पौडेल सन् २०१५ मा अस्ट्रेलिया जानुभएको हो। सुरुमा अकाउन्ट पढ्न जानुभएका उहाँले पछि कानुन विषय अध्ययन गर्नुभएको हो। उहाँको उपलब्धिलाई एनटीस्थित नेपाली समुदायले प्रेरणादायी भन्दै प्रशंसा गरेका छन्।