• २४ वैशाख २०८३, बिहिबार

रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल तानिने

blog

काठमाडौँ, वैशाख २४ गते । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ ।

ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिनुभएको हो ।

हाल ललितपुरको लगनखेलस्थित थटिटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पुर्‍याइने छ ।परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गर्नुभएको हो ।

जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।