• १६ भदौ २०८१, आइतबार

रंगेलीमा आगलागी हुँदा सन्थाल समुदायका २२ घर जले

blog

आगोले जलेका घर । तस्बिरः हरि कोइराला

हरि कोइराला

उर्लाबारी, चैत ३ गते। मोरङको रङ्गेली– ३ बाबुसाहेव टोलमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।आगलागीमा सन्थाल समुदायका २२ घर जलेर नष्ट भएका छन्।

दिउँसो अढाई बजेतिर सुरु भएको आगो अझै नियन्त्रण आइनसकेको रङ्गेली–३ का वडाध्यक्ष भरत प्रसाईंले जानकारी दिनुभयो।प्रसाईंका अनुसार टोलमा सन्थाल समुदायका बाक्ला घर छन्।पश्चिमबाट हावा लागिरहेकोले आगो समयमा नियन्त्रण गर्न नसकिएको हो।बाँस, सन्ठी र पराल मिलाएर बनाएको टाटीले बेरा लगाएका घर थिए।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहहरैंचा नगरपालिका र विराटनगर महानगरका वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रसाईंले बताउनुभयो।आगो नियन्त्रणमा आइनसकेकोले क्षति विवरण तयार नभएको वडाध्यक्ष प्रसाईंको भनाइ छ।मानवीय र पशु चौपायमा क्षति भएको छैन्।