ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् ।
ताप्लेजुङमा मदन-आश्रित स्मृति दिवस मनाइयो
मदन भण्डारी स्मृति प्रतिष्ठान ताप्लेजुङले ३२ औं मदन–आश्रित स्मृति दिवसका मनाएको छ।
साकेलाले गुञ्जायमान फिदिम (फोटो फिचर)
किराँत राई संस्कार र संस्कृतिमा आधारित साकेला नृत्यले शनिबार पाँचथरको सदरमुकाम फिदिम गुञ्जायमान बन्यो।
संस्था ऐन कानुन अनुसार चल्नुपर्छ : खेलकुदमन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल सरकारको ऐन कानुनले चल्ने संस्था ऐन कानुन अनुसार चल्नुपर्ने बताउनुभएको छ।
सवारी साधन कर र चालक अनुमति पत्रबाट मात्र ६० प्रतिशत आय
कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७.६४ प्रतिशत हो ।
कांग्रेस नेता कोर्मोचाको निधन
प्रजातान्त्रिक आन्दोलनका योद्धा नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्व सभापति एवम् नेपाली काँग्रेसका पुराना नेता कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौंको बीएण्डबी अस्पतालमा निधन भएको हो ।
गुल्मपतिलाई फिर्ता बोलाएर नयाँ गुल्मपति, सीमामा कडाइ
मोरङको रानी तथा आसपासको सीमा नाकाबाट अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्र कमजोर बनिरहेको चर्चा चलेको अवस्थामा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा गुल्म रानीको गुल्मपतिलाई फिर्ता बोलाएर नयाँ गुल्मपति पठाइएको छ ।
रचनात्मक जीवनशैली आध्यात्मिक प्रशिक्षण सुरु
ताप्लेजुङमा सकारात्मक सोच द्वारा रचनात्मक जीवनशैली आध्यात्मिक प्रशिक्षण सम्बन्धी पाँच दिने कार्यक्रम सुरु भएको छ । सामुदायिक भवन (सीटी) हलमा शनिबार आजदेखि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
युवा सङ्घ पाँचथरको अध्यक्षमा लावती निर्वाचित
नेपाल कम्युनिष्ट पार्टि एमालेको जन वर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी पाँचथरको अध्यक्षमा मदन लावती सर्व सम्मत निर्वाचित हुनुभएको छ ।
धनकुटामा पनि मनाइयाे ३२ औं मदन आश्रित दिवस
देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी ३२ औं मदन आश्रित स्मृति दिवस धनकुटामा पनि मनाइएको छ । शनिबार नेकपा (एमाले) धनकुटाले स्व.मदन भण्डारीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरी मनद आश्रित दिवस मनाएको हो ।
प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचाको निधन
काठमाडौँ, जेठ ३ गते। नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति नेपाली काँग्रेस ओखलढुङ्गा नेता महेशकुमार कोर्मोचाको शुक्रवार निधन भएको छ । प्रोस्टेट समस्याले थलिएका कोर्मोचाको निमोनियाबाट निधन भएको बी एन्ड बी अस्पतालले जनाएको छ ।उहाँ ‘बिपी कोइरालासँग समीपमा रहेर काँग्रेसका हरेक आन्दोलनमा जोडिनुभएको थियो । कोर्मोचाको निधन प्रति काँग्रेसका अगुवा नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँले बेलायत आर्मीको जागिर छोडेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएकाे थियो । कोर्मोचा दुई पटक ओखलढुङ्गा जिल्ला सभापति हुनुभयो ।
निर्माणाधीन प्रसारण लाइन आयोजनाको निरीक्षण
ताप्लेजुङमा निर्माणाधीन अवस्थामा रहेको प्रसारण लाइन आयोजनाहरुको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी प्रमुख सागर श्रेष्ठले निरीक्षण गर्नुभएको छ।
नो केबलकार पक्षको आन्दोलन जारी
पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएका छन्।
शेर्पा सङ्घमा दावा
ताप्लेजुङस्थित नेपाल शेर्पा सङ्घको अध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सङ्घको छैटौं जिल्ला अधिवेशनले शेर्पा अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सिदिङ्वा धाम पर्यटकीय महोत्सवको आयोजना
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव–२०८२ को आयोजना गरिएको छ। यही जेठ १५, १६ र १७ गते तीन दिने पर्यटन महोत्सव आयोजना गरिएको हो।
चन्दा उठाएर गाउँमा आवासीय विद्यालय सुरु
गाउँलेले चन्दा उठाएर खोटाङको कालिका आधारभूत विद्यालयलाई आवासीय विद्यालय बनाइएको छ ।
बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन
पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ ।
बेरुजु शून्यमा झार्ने अभियान
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरूमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गर्नुभएको छ ।
मकैको उत्पादन र उत्पादकत्व बढ्दै
मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२मा मोरङमा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो ।
इलामका पालिकामध्ये सूर्योदयको बेरुजु कम
इलामको सूर्योदय नगरपालिका आर्थिक पारदर्शीताका हिसाबले अन्य पालिका भन्दा अगाडि रहेको छ । नीति निर्माणदेखि सुशासनका क्षेत्रमा निक्कै अगाडि रहेको नगरपालिकाले नमुना काम गर्दै आएको छ ।
नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
दक्षिणी मोरङको रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरमा पुगेको छ ।
पाँचथर–ताप्लेजुङ सडक अवरुद्ध
राधा लुइँटेलफिदिम, जेठ २ गते । बेलिब्रिज बगेपछि डाइभर्सन गर्न लगाइएका ह्युम पाइप बाढीले बगाएसँगै तमोर कोरिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।तमोर कोरिडोरमा पर्ने पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिकाको सीमावर्ती हेवां खोलामा गरिएको डाइभर्सनका लागि राखिएका ह्युम पाइप शुक्रवार बिहानै बाढीले बगाए स्थानीय राम माझीले बताउनुभयो ।ह्युम पाइप बगाएसँगै धरानबाट मूलघाट पाँचथर हुँदै ताप्लेजुङ हिँडेका यात्रु मालवाहक साधन फिदिम ४ सालघारीदेखि जोरसाल हुँदै मेची राजमार्ग भएर गन्तव्य पुग्नुपर्ने अवस्था आइलागेको छ । यस्तै ताप्लेजुङदेखि भालुचोक माझीटार हुँदै धरानतर्फ हिँडेका यात्रु र साधन समेत प्रभावित भएका छन् । यो बाटो भएर धरान इटहरी र विराटनगर हिँडेका यात्रु गोपेटारदेखि फिदिम इलाम र झापा हुँदै त्यसतर्फ पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ ह्युम पाइप राखेर पानी कटाउँदै यातायात सुचारु गराइएको थियो ।यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर कोरिडोर आयोजनाको हो । तमोर कोरिडोरका आयोजना प्रमुख प्रदीप निरौलाले बगाएका ह्युम पाइप स्कावेटरबाट तानी मर्मत गरेर यातायात सुचारु गर्ने पहल भइरहेको बताउनुभयो । निर्माण कम्पनीसँग समन्वय गरी मनसुन सक्रिय नहुँदासम्म सोही डाइभर्सन मार्फत यातायात सुचारु गर्न पहल गरेका छाै ।’ निरौलाले भन्नुभयो ।
अवैध घरटहरा भत्काइयो
उदयपुरको त्रियुगा नगरपालिकाले सार्वजनिक जमिनमा कानुनविपरीत निर्माण गरिएका दर्जनभन्दा धेरै घरटहरा बिहीबार डोजर लगाएर भत्काएको छ । नगरपालिकाले त्रियुगा बस
बेपत्ता युवती मृत फेला
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवती मृत अवस्थामा फेला पर्नुभएको छ । वैशाख ३० गतेदेखि हराउनुभएकी गाउँपालिकाको वडा १ खानीटोल चित्रेकी २४ वर्षीया युवती मृत फेला पर्नुभएको हो ।