गाई काटेको अभियोगमा एक पक्राउ
ताप्लेजुङमा गाई काटेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय दावा नुर्वू शेर्पालाई गाई र गोरु काटेको अभियोगमा पक्राउ गरिएको हो ।
सीमा क्षेत्रबाट हुने तस्करी ३० दिनभित्र रोक्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले खुला सीमाबाट हुने चोरी तस्करी ३० दिनभित्र नियन्त्रण गर्न गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन, मोरङले बुधबार अपराह्न विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सरकारले अवैध आयात निर्यात र तस्करी रोक्नका लागि निरन्तर काम गरिरहेको भएपनि अझै नियन्त्रण गर्न आवश्यक देखिएको बताउनुभएको हो ।
विद्यालयबाट चोरी भएका आठ वटा ल्यापटप १६ महिनापछि जंगलमा भेटिए
ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयको हराएको आठ वटा ल्यापटप कम्प्युटर बोरामा पोको पारेर ओडारमा राखिएको अवस्थामा फेला परेको छ।
मयुँ खोलाको पुल मर्मत गरिँदै
इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि स्थानीय पालिकाको पहलमा मर्मतको काम सुरु गरिएको छ ।
लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताउनुभएको छ ।
भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम
पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ ।
सुशासन र आर्थिक वृद्धितर्फ जोड दिएका छौँ
कोशी प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो कार्यकालका लागि नियुक्त भई शपथ लिनुभएको वैशाख २८ गते एक वर्ष पूरा भएको छ । वैशाख २७ गते नेकपा (माओवादी केन्द्र) सँग
कोशी पर्यटन वर्ष र रणनीति
यो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर विभिन्न कार्यक्रम गरिरहेको छ । सरकार, निजी क्षेत्र र नागरिकको संयुक्त पहलमा प्रारम्भ गरिएको पर्यटन वर्षले आगामी दि
जैविक विविधतायुक्त कोशीटप्पु
पूर्वी नेपालको सप्तकोशी नदी किनारमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थल बन्दै आएको छ । जैविक विविधताले भरिपूर्ण आ
समृद्धिको आधार जलविद्युत्
कोशी प्रदेशको पहाडी जिल्ला पाँचथरमा निर्माणका लागि प्रस्ताव गरिएको ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना कार्यान्वयनमा आए पूर्वी क्षेत्रको विकासका थप स
करेन्ट लागेर दुई जनाको मृत्यु
विवाहमा गीत गाएर मस्त मनोरञ्जन गरिरहनु भएका दुई जना महिलाको मङ्गलबार राति ८ बजे करेन्ट लागेर मृत्यु भएको छ ।
फस्टाउँदै चिया पर्यटन
नेपालको पूर्वी पहाडी जिल्ला इलाम जहाँ बर्सेनि हरियालीमा रमाउनेहरू तानिन्छन् । यहाँका चियाबारी अहिले चियाको बगान मात्र नभई पर्यटनको केन्द्रविन्दु बन्न थालेका छन् । यहाँका चि
तारागाउँ चियाको सफल यात्रा
सुनौलो घामले चुमेको हरित चियाबारी, पहाडी हावासँगै ताजा चियाको सुवास र मेहनती किसानको अनुहारमा देखिने सन्तुष्टि, यी सबै कुरा मिलेर निर्माण भएको छ इलामको सूर्योदय नगरपा
हुलाकी सडकले दिएको खुसी
तराईका जिल्लालाई आपसमा जोड्ने हुलाकी राजमार्ग बनेपछि कोशी प्रदेशको विराटनगरबाट अन्यत्र जाने दुरी छोट्टिएको छ । मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गा
पूर्वाधार विकासको मेरुदण्ड कोशी राजमार्ग
मुलुकको समृद्धि र विकासको सवालमा विशेष र दीर्घकालीन प्रभाव पार्ने केही ठुला र महìवपूर्ण परियोजनालाई नेपाल सरकारले विशेष प्राथमिकता दिँदै राष्ट्रिय गौरवको आयोजनाको
नागरिकको मानव अधिकारमा सरकार प्रतिबद्ध
जिल्ला कारागार मोरङको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले विराटनगर कारागारपरिसरमा निर्मित नयाँ भवन उद्घाटन गर्नुभएको हो ।
रारा गोल्डकपमा एलएक्स सिटी विजयी
एलएक्स सिटी धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बालसुधार गृहबाट भागे पाँच वर्षमा १० बालक
बाल सुधारगृहमा राखिएका बालबिज्याइँकर्ताहरु सुधारगृहबाट भाग्नथालेपछि विराटनगरको बालसुधार गृहको सुरक्षाप्रति प्रश्न उठ्न थालेको छ ।
एक करोड ३६ लाखको चामल बिक्री
ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दस महिनाको अवधिमा करिब एक करोड ३६ लाख रुपियाँ बराबरको चामल बिक्री गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको वैशाखसम्ममा उक्त मूल्य बराबरको चामल बिक्री गरेको हो ।
भन्सार परिसरको आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण
विराटनगर भन्सार क्षेत्रमा निर्माण गरिएको आपतकालीन गोदामघर संघीय सरकारले कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
मोरङ कारागारको क्षमता दोब्बरले बढ्यो
मोरङ जिल्ला कारागारको नवनिर्मित भवनको मङ्गलबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको छ । नयाँ भवन उद्घाटनसँगै मोरङ कारागारमा कैदी बन्दी अटाउने क्षमता दोब्बर भएको छ ।
जितपुरमा एकीकृत सहरी विकासको काम ३० प्रतिशत सम्पन्न
धनकुटाको महालक्ष्मी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकासको काम ३० प्रतिशत सम्पन्न भएको छ ।
कालाजार नियन्त्रण अभियान सुरु
पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार सङ्क्रमण पुष्टि भएको छ ।
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु
यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ ।