बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा
विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवम् बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवम् कुवा पाउनै मुस्किल छ ।
इलाम साहित्य महोत्सवको तयारी सुरु
जिल्लाको पर्यटन र साहित्य प्रवर्धनका लागि आगामी चैत १ र २ गते इलाममा इलाम साहित्य महोत्सवको तयारी थालिएको छ ।
पाँचथरमा बहिरा सङ्घको जिल्ला समिति गठन
पाँचथरमा बहिरा सङ्घको जिल्ला समिति गठन भएको छ ।
ढाका कपडाबाट वार्षिक पाँच लाख आम्दानी
साहारा लिम्बूफुङलिङ, फागुन २६ गते । ढाका कपडा बुनाइबाट वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ । वचनकुमारी नाल्बो लिम्बूले ढाका कपडा बुनेर नै वार्षिक पाँच लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको छ ।ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका ४ लिङतेप घर भई हाल फुङलिङ नगरपालिका वडा नं ७ मा सोनी ढाका कपडा उद्योग सञ्चालन गर्दै आउनुभएकी वचनकुमारी नाल्बोले ढाकाबाट नै जीविकोपार्जन गर्नुभएको छ ।५२ वर्षीया लिम्बू विगत २२ वर्ष अघिदेखि नै ढाका बुन्दै आएको बताउनुहुन्छ । करिब आठ वर्ष अघिदेखि भने उहाँ आफैंले उद्योग सञ्चालनमा ल्याएर मनग्गे आम्दानी गरिरहनुभएको छ । योसँगै उहाँले पाँच जना महिलालाई रोजगारीसमेत प्रदान गर्नुभएको छ ।उहाँको ढाका कपडा उद्योगमा साडी, चौबन्दी चोली, कोट, सर्ट, मेख्ली, बर्की, टोपी लगायतका कपडा तयार हुन्छ । एउटा साडीको मूल्य न्यूनतम पाँच हजारदेखि १० हजारसम्म पर्ने उहाँको भनाइ छ । अहिले सबैभन्दा धेरै साडीको नै माग रहेको पनि लिम्बूले बताउनुभयो ।ढाका कपडा मिटरको भने एक हजार दुई सयदेखि एक हजार पाँच सय पर्ने गर्दछ । ढाका कपडाको अर्डर धेरै काठमाडौँबाट आउने गरे पनि उद्योगबाट नै बिक्री भइसक्ने लिम्बू बताउनुहुन्छ । बालबालिकादेखि युवा पुस्ताका लागि विभिन्न पहिरन तयार हुने भएका कारण पनि अहिले ढाका कपडा सबैको रोजाइ बनेको छ । यही कारण पनि ढाका कपडाले राम्रो बजार पाएको छ ।हेर्दा सामान्य देखिने तान, अनि थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने एउटा माध्यम भएकोले आफूले ढाका उद्योग नै रोजेको लिम्बूको भनाइ छ । यस्तै ढाका कपडा उद्योगले घरेलु तथा साना उद्योग कार्यालयबाट पनि राम्रो अवसर पाएको लिम्बू सुनाउनुहुन्छ । जहाँ जहाँ औद्योगिक मेला हुन्छ त्यहाँ घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा ढाका कपडा प्रदर्शनीमा गएर ढाका कपडा बिक्रीसँगै आफ्नो सीप क्षमतालाई प्रदर्शन गर्न सकिने उहाँको भनाइ छ । लिम्बूले ढाका कपडा उद्योगबाट पैसासँगै सम्मान पनि उत्तिकै पाउनुभएको छ । विगत लामो समयदेखि उद्यमी भई अरूलाई पनि उद्यमी व्यवसायी बन्न प्रेरित गरेको भन्दै उहाँलाई गत साल सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले सम्मान गरेको थियो ।
कृषिको आधुनिकीकरणमा जोड दिएका छौँ
सुनसरीको सदरमुकामसँगै जोडिएको छ, हरिनगर गाउँपालिका । यो गाउँपालिकाले विकासका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनसँगै कृषिमा यान्त्रिकीकरण र व्यावसा
पाथीभरा क्षेत्रमा तीर्थयात्रीका लागि शौचालय निर्माण
पाथीभरा क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तिव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले शौचालय व्यवस्थापन र निर्माणको कार्यलाई तिव्रता दिएको हो ।
मृत फेला परेका युवकलाई ट्रकले ठक्कर दिएको पुष्टि, चालक पक्राउ
ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रमा मृत फेला परेका युवकको मृत्यु ट्रकको ठक्करबाट भएको पुष्टि भएको छ। ठक्कर दिने ट्रक चालक सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ५ मोरङ निवासी सन्जित कामी पक्राउ परेका छन्।
भारतको हिल्सलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
चर्च ब्वाइज क्लब पाँचथरको फिदिममा जारी पाँचौँ पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वार्टरफाइनल खेलमा चर्च ब्वाइजले भारतको हिल्स फुटबल एकेडेमीलाई ४–० गोलले हरायो ।
थुलुङ दूधकोशीबाट आमासहित नवजात शिशुको उद्धार
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको नेपाली सेनाको हेलिकाेप्टरबाट आमासहित नवजात शिशुको उद्धार गरिएको छ।
मिहिनेतनै नगरी कुरा मात्रै गरेर प्रगतिको चाहना पूरा गर्न सकिँदैन : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मिहिनेतनै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताउनुभएको छ ।
इतिहास बोकेर बाँचिरहेको कोटगढी
ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर यो ऐतिहासिक क्षेत्रमा पुरातात्विक विभाग वा सङ्घीय र प्रदेश सरकार कसैको पनि नजर पुगेको छैन ।
महिला चालक सम्मानित
पाँचथर जिल्लाका विभिन्न स्थानमा तीनपाङ्ग्रे साधन (अटो) चलाएर नागरिकको आवागमनमा सहजीकरण गर्दै आएका चार जना महिलालाई सम्मान गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको लोगो सार्वजनिक
त्रि–धार्मिक स्थलमा अवस्थित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । ऐतिहासिक धार्मिक, एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।
हवाई इन्धन भण्डारण केन्द्र,प्राविधिक टोली फाप्लुमा
सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र स्थापनाका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण थालेको छ । सोलु दुधकुण्ड नगरपालिकाका
हातले बुनेका सामानप्रति आकर्षण
पछिल्लो समय हातले बुनेका सामग्री युवापुस्तामाझ लोकप्रिय बन्न थालेका छन् । ती सामान इन्टरनेटमा प्रशस्तै देख्न र किन्नसमेत सकिने भएकाले युवा वर्गको आकर्षण बढ्दै गएको हो ।
पाथीभरा पदमार्ग निर्माण
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) जाने पदमार्ग निर्माण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–३, लिखिम हुँदै पाथीभरा आउजाउ गर्ने पदमार्ग निर्माण गरिएको हो ।
हस्तकलाको मूल्य नपाउँदा चिन्तित
मोरङ, फागुन २५ गते । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहनुभएको छ । पछिल्लो समय उहाँ यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउनुहुन्छ । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउनुहुन्छ ।हस्तकलाका सामग्री बाहिरबाट आयात गर्दा तथा प्लाष्टिकका सामग्रीको बजारमा बढ्दो कारोबारसँगै घरेलु हस्तकलाको माग घटेको बराइली बताउनुहुन्छ । उहाँका बुबा डिल्लीमान बराइली धातुका विभिन्न मूर्ति तथा बुट्टा कुँद्ने काम गर्नुहुन्थ्यो । उहाँकै प्रभावले सानै उमेरदेखि आफू पनि यो पेसामा लागेको होमनाथले बताउनुभयो । “पहिलापहिला हस्तकलाको माग धेरै हुने गरेको र बुबासँगै दाजु झमक पनि सोही पेसामा आबद्ध हुनुहुन्थ्यो, यसैबाट परिवारको गुजारा चलेको थियो”, उहाँले भन्नुभयो ।स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टँुडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने गरिन्छ । एउटा भक्तपुरे ढोका तयार पार्न कम्तीमा दुई महिना लाग्ने गरेको तर ग्राहकले सीप र समयअनुसारको मूल्य तिर्न नचाहने बराइली बताउनुहुन्छ । उहाँका अनुसार एउटा ढोकाको चौकठ पल्लाको मूल्य रु एक लाख ५० हजार हाराहारी पर्छ । “सरकारी निकायका भवन, सार्वजनिक भवन, मठमन्दिरलगायतमा स्थानीय काठमा घरेलु हस्तकलाबाट बनेका सामग्री प्रयोग गर्ने हो भने हाम्रो कला मर्ने थिएन”, बराइलीले भन्नुभयो ।आगामी दिनमा यसै पेसालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता बढ्दै गएको बराइली बताउनुहुन्छ । प्लाष्टिकजन्य सामग्री आयातमा कमी गर्ने हो भने स्वदेशी घरेलु हस्तकलाले मूल्य पाउने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई बताउनुहुन्छ ।
इलामको मिठाइ भारतमा विक्री
इलाम, फागुन २५ गते । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् ।दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ । “कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्”, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भन्नुभयो, “ललिपप नलिई नआउनु भनेका छन् । रु छ हजारको किनिसके, जुन हेर्यो, त्यहीँ लैजानुजस्तो छ ।”कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया पाँचदेखि १० हजारसमम्म बिक्री गर्छन् । फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । “हिजो रु नौ हजारको बिक्री भयो । कुनै दिन चार– हजारको मात्रै बिक्छ । सिजन सुरु हुँदैछ । पोहोर त सिजनमा दिनकै रु ३० हजारसम्म बेचेको”, स्थानीय सुजन सापकोटाले भन्नुभयो ।यहाँ आउने पर्यटक खाली हात जाँदैनन् । कुनै न कुनै कोसेली बोकेर जाने चलन नै बसिसकेको स्थानीय बताउँछन् । “इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ ।” स्थानीय व्यापारी अमीर आचार्य भन्नुहुन्छ, “फिक्कलमा सबैभन्दा बढी चल्ने कोसेली बस्तु हो । धेरै पसल छन्, कुनै खाली हुँदैनन् ।”काठमाडौँमा व्यवसाय गरिरहनुभएका दीपक खड्का चिनजानका कोही इलामबाट काठमाडौँ आउने सूचना पाए इलामे कोसेली मगाइहाल्नुहुन्छ । “छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्”, उहाँले भन्नुभयो, “इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन ।”दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई टेवा पुगेको छ । अचेल यहाँका गाउँगाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ । यी मिठाई अहिले ‘इलाम ब्रान्ड’का रुपमा स्थापित हुँदै गएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाले बताउनुभयो ।जिल्लामा दुई दर्जनको हाराहारीमा ललिपप उद्योग छन् । यहाँ उत्पादित मिठाइको माग स्थानीय बजारका साथै काठमाडौँ र भारतलगायत अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउनुहुन्छ । सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य रु ५० र ठूलो रु एक सयमा बिक्री हुँदै आएको छ । उपहारका लागि कलात्मक ढङ्गले प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’समेत इलामका बजारमा पाइन्छ ।इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध सङ्कलन गर्दै आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दूध बिक्री हुने गरेका थियो । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका थिए । ललिपप, बम्बइसनजस्ता मिठाई उद्योगले पाँच हजार लिटर र भारतीय बजारमा तीन हजार लिटर दूध बिक्री हुने गरेको छ । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ ।इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ ।
कांग्रेसले गुण र दोषका आधारमा सरकारलको समर्थन र खबरदारी गर्छ : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा समर्थन र खबरदारी गर्ने बताउनुभएको छ। कांग्रेसले सरकारलाई समर्थन मात्रै गरेको भन्दै उहाँले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्ने बताउनुभएको हो ।
गोरखापत्रकर्मी भट्टराई पुरस्कृत
खोटाङ समाचारदाताको रुपमा कार्यरत गोरखापत्रका पत्रकार राजकुमार भट्टराई पुरस्कृत हुनुभएको छ। ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले पत्रकार भट्टराईलाई नगद २५ हजारसहित सम्मान गरेको हो।
महिला गोल्डकपमा एपिएफ च्याम्पियन
इलाम सदरमुकाममा शनिबार भएको फाइनलमा एपिएफले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हरायो ।
पाँचथर गोल्डकप : आयोजक पहिलो खेलमै स्तब्ध
पाँचौँ संस्करणको पाँचथर गोल्डकपको पहिलो खेलमा आयोजक पाँचथर क्लब मोरङको इन्ट्रा पथरी फुटबल क्लबसँग स्तब्ध बनेको छ ।
सम्झौताको समयभन्दाअघि नै इटहरी बसपार्क निर्माण
देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ ।
'नेपाली राजनीतिक क्रान्तिमा साहित्यकाे महत्त्वपूर्ण भूमिका छ'
सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री मेघराज खड्काले साहित्यले समाजको कथा व्यथा मात्रै नभई नेपालका राजनीतिक क्रान्तिमा योगदान गरेको बताउनुभएको छ ।